Thursday, 22 November 2012

नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति :: मुरारी अर्याल



नेपालमा मौलिकरूपमा दुईवटा संवत्हरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल -काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवत्हरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आ�नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् । पहिलो संवत्सरको सुरुवात विक्रम संवत् ६३३ कार्तिक १७ गतेदेखि -तद्नुसार अक्टुवर ८, ५७६ ई.) भएको हो भने दोस्रो संवत्सरले पहिलोलाई वि.सं. ९३६ कार्तिक २५ गते -२० अक्टुवर ८७९ ई.) बाट विस्थापित गरेको हो । यतिबेला जुन संवत्लाई नेपाल संवत् भनेर चिनिन्छ त्यो संवत् आफूभन्दा पुरानो मौलिक नेपाली संवत्लाई पुरानाकै ज्योतिष गणना पद्धति, मासिक तालिका एवं महिना तथा बार, नक्षत्र पद्धति सकार गरी वर्ष गणनामा मात्र विस्थापित गरेको दोस्रो नेपाली संवत् हो ।

नेपालमा प्रवेश पाएको पहिलो संवत्सर शक संवत् हो । विक्रम संवत्को उठान मालवगाणाहरूले गरेको १३५ वर्ष पछाडि शकराजाहरूले उत्तर भारतमा सुरु गरेको शालीवाहन शाके भनिने शार्क संवत् नेपाल उपत्यकामा केही शताब्दिसम्म र पश्चिम नेपालका खस मगर राज्यहरूमा झण्डै पन्ध्र सय वर्षसम्म चलेको हो । उपत्यकामा भने शक संवत्को प्रामाणिक अस्तित्व सं. ८५ -वि.सं. २२०) देखि पाइएको छ र यो संवत् पुरानो नेपाल संवत् अस्तित्वमा आएको २८ वर्ष -सं. ५२६) सम्म एकलौटी रूपमा र त्यसको झण्डै एक दशक पछिसम्म पनि आंशिकरूपमै भए पनि राजकीय अभिलेखहरूको मितिमा अङ्कन गरिने अर्थमा अस्तित्ववान् देखिन्छ । पुरानो नेपाल संवत् भने वि.सं. ६३३ मा सुरु भए पनि आ�नो पहिलो अभिलेख -सं २९) वि.सं. ६६३ देखि नयाँ नेपाल संवत्ले वि.सं. ९३६ मा विस्थापित नगरेसम्म अभिलेखको संवत्को रूपमा कायम रहेको पाइन्छ । नेपाल संवत् नयाँको यति बेलासम्ममा प्राप्त अभिलेख भने नं.सं. ४५ -वि.सं. ९८१) को हो ।

नेपालमा मिति किटान गरेर थापिएका अभिलेखहरू वि.सं. २२०

-शाके ८५) भन्दा पूर्वका यतिबेलासम्म प्राप्त भएका छैनन् । शाके ८५ को जयवर्मा -जयदेव प्रथम) को पूर्णकदको शिलामूर्ति कुनै अभिलेख हेाइन, मिति लेखिएको मूर्ति मात्र हो । यतिबेलासम्मको प्रमाणअनुसार नेपालको पहिलो पूर्ण अभिलेख मानदेव प्रथमको सं ३८६

-वि.सं. ५२१, ई. ४६४) को चाँगुनारायण स्तम्भलेख हो ।

नेपालमा ढुङ्गाको मूर्ति कुँद्ने कला शक पार्थियनहरूले इसापूर्वकालमै भित्र्याएको भए तापनि अभिलेख, राजाज्ञाहरू ढुङ्गामा कुँदाएर राख्ने प्रचलन प्राचीनकालका लिच्छविहरूले सुरु गरेका हुन् । लिच्छविहरूले नै त्यतिबेला उत्तरभारतमा चलेको शक संवत्को चलन चलाएका हुन् र पुरानो नेपाल संवत्को पहिलो अभिलेख, अंशुवर्माको सं. २९ -वि.सं. ६६३) अभिलेखपूर्व नेपालका सयभन्दा बढी अभिलेखहरूमा शक संवत् नै अङ्कति छ ।

प्राचीन नेपालका सुरुका अभिलेखहरू -शक संवत् अङ्कन भएका जति सबै) गुप्त लिपिमा लेखिएका छन् र संस्कृत भाषाको उपयोग भएको छ । नेपाल संवत् २९ देखिका अभिलेखहरू भने कुटिला लिपि-संस्कृत भाषामा छन् । त्यसो त वर्तमान नेपालको भूगोलभित्र पाइएको सबैभन्दा पुरानो अभिलेखहरू -मगधसम्राट् अशोकको लुम्बिनी र निम्लिहवा स्तम्भलेख) भने ब्राम्ही लिपिमा छन् । इसाको तेस्रो शताब्दिका विख्यात् गणितज्ञ/ज्योतिषशास्त्री बराह मिहिरले त्यतिबेला शक संवत्को चैत्रादी, कार्तिकादी र माघादि गरी तीन किसिम भएको उल्लेख गरेको पाइए तापनि नेपाल उपत्यकामा भने कार्तिकादि शक संवत्को चलन रहेको प्रमाणित छ ।

मालवगणहरूले विक्रम संवत्को उठान शक संवत्भन्दा १३५ वर्ष अगाडि नै गराइसकेको र त्यो संवत्सँग परिचित शक-पार्थियनहरूले काठमाडौँ उपत्यकामा नदी किनारामा आधारित गान्धार सभ्यता भित्र्याइसकेको भए तापनि ढुङ्गामा अभिलेख कुँद्ने र लिपि तथा मिति कुद्ने चलन भने भित्र्याएको देखिन्न । शक पार्थियनहरूले पोलेको पाको इँटा र पाकेको मृत्तिका मूर्तिहरूको संस्कृति भित्र्याए तापनि लिच्छविहरूले सुरु गरेको प्राचीनकालको मध्य छिमल पूर्वको नेपालको सभ्यता र संस्कृतिको बारेमा जानकारी दिन सक्ने त्यतिबेलाका साक्षहरू यतिबेला उपलब्ध छैनन् । लिच्छविकाल पूर्व यहाँको राज्यको स्वरूप कस्तो थियो, समाजको संस्कृति कस्तो थियो, मानिसहरूको धार्मिक एवं भावनात्मक पक्षको अभिव्यक्ति कसरी हुन्थ्यो जस्ता यावत् पक्षबारे हाम्रो ज्ञान परिमित छ । लिच्छविहरूले ढुङ्गाको �ल्याकमा अभिलेख लेख्दै संवत्सरको प्रयोग, सामाजिक, राजनीतिक, आर्थिक परिस्थितिको साथसाथै भावनात्मक आस्थाको पक्षसमेत उद्घाटित गर्न सघाउने साक्षहरू स्थापना गरिदिएर त्यतिबेलाको इतिहास, सभ्यता र संस्कृतिको गाँठो फुकाउन हामीलाई साधन उपलब्ध गराएर हुनसम्मको गुण लगाएका छन् । त्यसमाथि झन् वि.सं. ६३३ -शकसंवत् ४९८, इश्वी सन् ५७६) मा आ�नो छुट्टै मौलिक संवत् सुरु गराएर नेपालको सभ्यता र संस्कृतिलाई नवीन युगमै प्रवेश गराएर त झनै उल्लेख्य काम गरेका छन् ।

शक संवत् उल्लेख भएका प्राचीन नेपालको पूर्व छिमलका अभिलेखहरूमा देश या राज्यको नाम उल्लेख भएको पाइन्न । अभिलेख थाप्ने राजा -या अन्य भलाद्मी) को नाम अभिलेख थाप्नुपर्ने कामबारे जाहेर गर्ने दूतकथा अभिलेखको उद्देश्य र कसलाई सम्बोधन गरिएको हो त्यो स्थान -तल, ढुंग या ग्राम) को नाम र अभिलेख थापिएको वर्ष, महिना, तिथि र नक्षत्रको उल्लेख मात्र मानदेव प्रथमको चाँगु अभिलेख -विसं ५२१) देखि अंशुवर्मनको विसं. ६६३ -सं. २९) पूर्वका अभिलेखहरूमा पाइन्छ । पूर्वलिच्छिविकालका अभिलेखहरूको अध्ययन गर्दा राज्यको नाम नेपाल भन्ने कतै पाइन्न जब कि नेपालभन्दा बाहिरका साक्षहरूले नेपाल नामको निरूपण इसापूर्व छैटौँ शताब्दीमा नै भइसकेको पुष्टि गर्दछ । अथर्व परिशिष्ट -इ.पू छैटौँ शताब्दी) महाभारतको शभापर्व, कौटिल्यको अर्थशास्त्र -इ.पु. तेस्रो शताब्दी) र समुद्रगुप्त दरबारिया पण्डित हरिर्षणले थापेको प्रयाग प्रशस्ति -ई. ३६५) जस्ता बाहृय साक्षहरूले प्राचीनता प्रमाणित गरिसकेको नेपाल नामको आन्तरिक अभिलेखमा प्रथम उपयोग नेपाल संवत् अङ्कति अंशुवर्मनको वंुगमती अभिलेखमा हुनुले आफैँ आ�नो महत्ता दर्शाउँदैछ ।

नेपालमा उठेका दुवै संवत्हरू अमान्तमासमाथि आधारित छन् । महिनाको सुरु औँसीको भोलिपल्ट

-अर्थात् शुक्ल प्रतिपदा)देखि हुन्छ र मसान्त अमावश्याको दिनलाई मानिन्छ । यो पद्धतिमा एउटा अमावश्याको समाप्तिकालदेखि अर्को अभावश्याको समाप्तिकालसम्मको समयलाई महिना भनिन्छ । एउटा महिनामा एउटा पूणिर्मा तथा एउटा औँसी पर्दछन् र तीनलाई पर्व भन्दछन् । चान्द्र दिनको गणना गर्दा दुई चान्द्र महिनामा कुल ५९ दिन हुन्छ । यसको विपरित सूर्यको गतिबाट गणना गरिने सौर मासमा भने ६१ दिनको दुई महिना हु्न्छ । यसलाई -६१ दिनलाई) ऋतु भन्छन् । यसले गर्दा सौरवर्षमा ३६५ दिन हु्रन्छ भने चान्द्रवर्षमा ३५४ दिन/एक चान्द्रवर्षमा २४ पर्व पर्दछन् भने एक सौरवर्षमा भने त्योभन्दा बढी पर्व पर्दछन्. । हिसाब गर्दा पाँच चान्द्र वर्षमा १२४ पर्व पर्दछन् र पाँच सौर वर्षमा १२० मात्र । नेपालको संस्कृतिमा यो पर्वको भिन्नताले थुप्रै असर पार्दछ । चान्द्रमासका पर्व र सौरमासका पर्वबीचको जुन पाँच वर्षमा ४ को भिन्नता छ, त्यसलाई अधिकमास, प्रत्येक अढाइ वर्षमा एउटा अधिकमासको रूपमा हिसाब मिलाइन्छ भने कुनै समयमा खास चान्द्रमासभित्र कुनै पनि सौरमासको सङ्क्रान्ति पर्ने अवस्था पनि आउँछ र यसलाई क्षयमास मानिन्छ ।

नेपालको संस्कृतिमा पर्व, जात्रा, धार्मिक कार्य आदिको गणना आजपर्यन्त चान्द्रमास पद्धतिअनुसार नै गरिन्छ । यो पद्धति वेदाङ्ग ज्योतिषअन्तर्गतको पद्धति हो । नेपालमा उठेका दुवै संवत्हरू यही पद्धतिअन्तर्गत सञ्चालित छन् र आज सूर्य सिद्धान्तमाथि आधारित विक्रम संवत्लाई राजकीय स्तरमा अनुमोदन भएको एक शताब्दीभन्दा लामो समय बितिसक्दा पनि यही पद्धति कायम छ ।

विक्रम संवत् ६३३ मा उठेको संवत्को विषयमा नेपालमा कुनै आहान किंवदन्तीहरू उपलब्ध नभएका मात्र होइनन् पुराना वंशावलीहरूमा समेत यसको उठान र निरन्तरताको बारे कुनै उल्लेख पाइन्न । राष्ट्रिय अभिलेखालयमा रहेको ताडपत्रमा लेखिएको 'सुमतितन्त्र' भन्ने ज्योतिष पुस्तकमा मानदेव संवत्को रूपमा यसको उल्लेख पाइए तापनि वि.सं. ६३३ को हाराहारीमा मानदेव नाम भएका शासकको कुनै अस्तित्व देखिन्न । यो संवत्को उठान तत्कालीन शासकले गरेको हो भन्न गाह्रो छ । यो संवत् उठेको २८ वर्षसम्म राजकीय अभिलेखहरूमा पुरानो शक संवत्कै उपयोगले पनि यही कुराको सङ्केत गर्दछ ।

अभिलेखहरूमा '२९' को अङ्कपछि देखापर्ने यस संवत्को उपयोग सुरु भएपछि तीनवटा मह�वपूर्ण कुराहरू देखापरेका छन् । पहिलो शक संवत् अङ्कन भएका पुरानो अभिलेखमा प्रयुक्त गुप्त लिपिको साटो कुटिला लिपिको प्रयोग सुरु भएको छ । दोस्रो तिथि, मिति, नक्षत्र, मासको उल्लेखसँगै बारको पनि उल्लेख सुरु भएको छ । तेस्रो तथा सबैभन्दा मुख्य कुरा देशको नाम 'नेपाल' उल्लेख हुन थालेको छ । यस संवत्को उपयोगपूर्वका अभिलेखहरूलाई लिच्छविकालीन अभिलेख मानेर नेपालको पहिलो राष्ट्रिय संवत्अन्तर्गत जारी भएको र त्यसपछिका अभिलेखहरूलाई नेपालका अभिलेखको संज्ञा दिन पनि सकिने अवस्था छ । राष्ट्रि्रय संस्कार र संस्कृतिको अर्थमा यो ज्यादै मह�वपूर्ण पक्ष मान्न सकिन्छ ।

वि.सं. ६३३ अर्थात् नेपालको पहिलो राष्ट्रिय संवत् उठानको समय नेपाली समाजको सापेक्ष सम्मुन्नत अवस्था, राजनीतिक स्थायित्व तथा शान्ति र विध्यार्जनको अर्थमा पनि प्रगतिको अवस्था रहेको देखिन्छ । अर्थतन्त्रमा विकास आएको कारण राज्यले मात्र होइन व्यक्तिहरूले समेत धारा, मन्दिर आदि बनाउने संस्कारको विकास भएको, देशको ख्याति परपरसम्म पनि पुग्न थालेको, बाहृय विश्वसँगको सम्पर्कमा विस्तार भएको सङ्केत विभिन्न स्थानहरूमा प्राप्त अभिलेख तथा विदेशीसाक्षहरूले दिएका छन् । यस समयकै हाराहारीमा बनेका पलाञ्चोक भगवतीको मूर्तिले एकातिर तत्कालीन नेपालको कलात्मक श्रेष्ठताको पुष्टि गर्दछ भने सूर्यघाटको विजयवतीको शिवमन्दिर, विभिन्न स्थानहरूमा प्राप्त नृत्यरत तथा वाद्यवादन गरिरहेका शिवपरिवारगणहरूको मूर्ति तथा हाँडीगाउँलगायतका स्थानहरूमा शासक इतरीका मानिसले निर्माण गरेका ढुङ्गेधाराहरूले वर्तमान नेपालको सांस्कृतिक मूल्यलाई निरूपण गर्ने आधार निर्माण गरिरहेको महसुस हुन्छ । नगर सभ्यताको विस्तारको निम्ति सभ्य, सुसंस्कृत, कुशल नागरिक तथा शिल्पीहरूको अनिवार्य उपस्थितिको पूवशर्तले यस समयको पृष्ठभूमिमा निर्माण भएको बहुचर्चित कैलाशकुट भवनजस्ता वास्तुशिल्पबारे विचार गर्नुपर्दछ ।

संस्कृतिको निर्माणमा अन्य कुराको अतिरिक्त ललितकलाका छवटै अङ्गहरूको यथेष्ट भूमिका रहन्छ । मूर्तकलाअन्तर्गत पर्ने वास्तुकला, मूर्तिकला तथा चित्रकला र अमूर्तकला भनिने, नृत्यकला, सङ्गीत र साहित्यको समूचित विकास नभई सुसंस्कृत समाजको निर्माण हुन सक्दैन । वास्तुकला र चित्रकलाको तत्कालीन अविशेष हामीसामु बाँकी नभए पनि त्यतिबेलाका उच्चस्तरीय मूर्तिकलाको उपस्थिति, मूर्तिहरूको माध्यमबाट थोरै मात्र भए पनि नृत्य तथा सङ्गीतकलाको विकासको सङ्केत र साहित्यको विकासको पर्यायस्वरूप त्यतिबेला लेखिएको व्याकरणको पुस्तकको उल्लेखले नेपाली समाज आ�नै पाराको मौलिक सिर्जनामा व्यस्त रहेको मात्र होइन राष्ट्रिय स्वाभिमानको पर्यायस्वरूप आ�नै राष्ट्रिय संवत्सरनै उठाउन सक्ने अवस्थामा पनि पुगिसकेको महसुस हुन्छ ।

इतिहासकारहरू तत्कालीन समयको हाराहारीमा उत्तर-भारतमा शक्तिशाली रहेका मौखरी राजाहरूले नेपालमा सैनिक आक्रमण गरेको र त्यसलाई नेपालीहरूले परास्त गरी राष्ट्रिय स्वाभिमानको रक्षा गरेको सङ्केत पनि गर्दछन् । विदेशी आक्रमणकर्ताहरूलाई आ�नो भूमिबाट धपाएर लखेट्न सफल नेपालीहरूको स्वतन्त्रताप्रेमी स्वाभिमानको अभिव्यक्ति स्वरूप नेपालीहरूले आ�नै मौलिक संवत् सर सुरु गरेको र शक संवत्लाई विस्थापित गरी पुरानो प्रचलनमा रहेको गुप्त लिपिको साटो नयाँ कुटिला लिपिको प्रयोग गरी आ�नो नौलो परिचय दिन खोजेको हुन पनि सक्दछ ।

नयाँ संव्त सुरु भएको समयबाट चलिआएको कतिपय सांस्कृतिक परम्परा आज पनि केही परिमार्जित रूपमा अस्तित्वमा रहेको पाइन्छ । चार नारायण प्रदक्षिणाको रूपमा समग्र काठमाडौँ उपत्यकाको प्रदक्षिणा, सामूहिक गुठीको माध्यमबाट सार्वजनिक उपयोगका साधनहरूको मर्मत सम्भार र सुरक्षा, परिवार, गाउँ, टोल र विस्तृत क्षेत्रबीच पारस्परिक सद्भाव र सहभोजको वातावरण निर्माण, परम्परागत सांस्कृतिक महोत्सवको समायोजना र सकेसम्म धेरै मानिसहरूको सहभागिताको व्यवस्थाजस्तो संस्कृति र संस्कारको थालनी आधुनिक नेपाली समाजको आधारशिलासरह रहेका छन् । नेपालको सांस्कृतिक परम्परामा मह�वपूर्ण स्थान राख्ने इन्द्रजात्रा, गाइजात्रा, कैलाशको सतविजजात्रा, वुंगमतीमा आजसम्म पनि कुखुरा नपाल्ने परम्परा यही समयको हाराहारीदेखि आजपर्यन्त चलिरहेका छन् ।

वि.सं. ६३३ मा नेपालको पहिलो मौलिक संवत्सरको उठानको समयमा नेपालमा सामाजिक संरचना विभेदकारी नभएको, स्पषर्ा स्पर्षको खासै बन्धन नभएको तथा विभिन्न कुल, गोत्र, जाति, धार्मिक सम्प्रदायबीच समन्वयात्मक किसिमको पारस्परिक सम्मानको वातावरण कायम रहेको अनुमान गरिएको छ । तत्कालीन समाजका एक प्रतिष्ठित विद्वान् कवि अनुपरमले सत्यनारायण स्थान, हाँडीगाउँमा व्यास स्तुतिको अङ्कन गराएका छन् भने उनको नाम उनकी श्रीमती आमिरीले पशुपति परिशरमा अनुपरमेश्वर शिवलिङ्गको स्थापना गराएकी छिन् । वेदका देवता इन्द्रको ध्वजोत्थान गर्ने र सँगसँगै शिखर स्वामी -नारायण) गजपति गणेश) र पशुपति

-शिव)को मन्दिर पनि बनाउने अझ शाक्त परम्परालाई पनि सम्मान गर्ने होइन बौद्ध अवलोकितेश्वरलाई पनि उस्तै सम्मान गर्ने जुन उदार संस्कृतिको आधरशिला यस कालमा राखिएको थियो, त्यसको नमुना यतिबेला पनि काठमाडौँ उपत्यकाको संस्कृतिमा स्पष्ट अनुभूत गर्न सकिन्छ । नेपालीहरूले नयाँ संवत् उठान गराउँदा नेपालीहरू आर्थिकरूपले सबल -त्यतिबेलाको चिनियाँ वृत्तान्तमा नेपालमा कृषकभन्दा व्यापारी बढी छन् भन्ने लेखिएको पाइएको छ), राजनीतिकरूपमा छिमेकका शक्तिशाली साम्राज्यहरूसँग जोरी खोज्न सक्ने

-मौखटी राज्यलाई हर्षवर्द्धनले आ�नो साम्राज्यमा गाभेपछि त्यहाँबाट पलायन भएका गद्दीका हकदार राजपुत्र सुरशेनले नेपालमा आश्रय पाएका थिए) शासक र जनताबीचको विभेद सापेक्षरूपमा कम -सर्वसाधारणले थापेको अभिलेखहरूमा राजाको नाम उल्लेख नभएको पनि प्रशस्त पाइएको छ र राजाले आफूमा देवत्वको दाबी गर्न सकेका छैनन् ।) अतिथिलाई देवता मान्ने, सामूहिक श्रम र सामूहिक सम्पदाको संस्कार यसै कालदेखि नेपालमा सुदृढ भएको हो । सबै नागरिकहरू एक या त्योभन्दा बढी सामूहिक उपक्रम या गोष्ठीसँग सम्बद्ध रहने संस्कृतिको विकास यसै समयदेखि भएको हो ।

आर्यावर्तका आर्यहरूले किराँतहरूलाई वैदिक देवताहरू इन्द्र, अग्नि, अदिती, वरुण आदिको आराधना गर्ने अधिकार नभएका म्लेच्छको रूपमा हेरेको पृष्ठभूमिमा नेपाल खाल्डोको आर्य-अनार्यहरू सबैले समान अस्तित्व पाएको पृष्ठभूमिमा दक्षिणतर्फका आर्यहरूले नेपाललाई प्रत्यन्तको सूचीमा राख्ने अवस्थामा समेत यहाँ समतामूलक संस्कृति विकास भएको तथ्यले नेपाल संवत्को उठानकै समयमा एक आत्मनिर्भर, स्वाभिमानी राष्ट्रिय संस्कृतिको धनी देश बनिसकेको प्रमाणित हुन्छ ।
नेपालको यस किसिमको संस्कृतिको विकास कुनै सत्ता या जातजातिले गरेको नभई सिङ्गो नेपाली जनताले गरेको हुँदा नेपाल देशको स्थापना र विकासमा यहाँका जनताको निणर्ायक भूमिका रहेको र यस नेपाल संवत् पनि सम्मुनत, जागरुक स्वाभिमानी नेपाली जनताले नै गरेको स्पष्ट हुन्छ । जनताबाट निर्मित संस्कृति भएकै कारण नेपाली संस्कृतिले नेपाली जनताको अगाध माया पाएर यत्रो लामो कालखण्डसम्म जीवित रहन सम्भव भएको हो । तत्कालीन नेपाली संस्कृतिमा कुनै पनि राजकीय आदेश जारी हुनु अगाडि संवद्ध जनताको कुशल क्षेत्र सोध्नैपर्ने परम्पराको विकास भएको तथ्यले नेपालको राजनीति, अर्थतन्त्र र परम्पराको विकास जनताले नै गरेको देखिन्छ ।

६३३ वि.सं.को हाराहारीमा नेपालमा सामन्तवादले आ�नो विकासको प्रारम्भिक चरण पार गरिसकेको महसुस हुन्छ । सामन्तवादको सांस्कृतिक मान्यतानुसार संवत् फेराउने अधिकार चक्रवर्ती राजा या दुनियाँलाई ..तुल्याउन सक्षम धनकुवेरलाई मात्र प्राप्त हुन्छ । नेपालमा उठेको यो संवत्को अस्तित्व तत्कालीन राज्यको सीमाभित्र सर्वत्र चलेको नपाइनु, काठमाडौँ उपत्यकाभित्र मात्र घनिभूत रूपमा उपयोग भएको भेटिनुजस्ता पक्षहरूले यसको उठान राज्यस्तरमा भन्दा पनि उपत्यकाका वासिन्दाले जनस्तरमा नै गरेको र व्यापक जनदबाबको कारण राज्य पुरानो शक संवत्को प्रचलन बन्द गरी यसको उपयोग गर्न बाध्य भएको सङ्केत मिल्दछ । एकपटक सं. २९ को उपयोग भइसकेपछि पुनः काठमाडौँको जैशीदेवलमा राजपुत्र विक्रमसेन दूतक भएको अभिलेखमा शकसंवत् -संवत् ५३५) को प्रयोग भए तापनि संवत्, जनदबाबकै कारण त्यसपछि शकसंवत्को प्रयोग देखिन्न ।

नेपालको समन्वयकारी सामाजिक/धार्मिक संस्कृतिको आधाशीला यही संवत्सर उठानको समयमा भएको हो । विभिन्न धार्मिक समुदाय, विभिन्न कुल, गोत्र, वंश जातिहरूबीच सहअस्तित्व, सहजीवन र समन्वयको जुन अनुपम नमुना नेपालमा विकसित भएको छ, महिलाहरूलाई जुन सम्मान नेपाली संस्कृतिमा प्राप्त छ त्यसको सुरुवात यही कालमा भएको हो । संवत् नै फेराउन सक्ने जनताले यस्तो संस्कृतिको प्रवर्द्धन गर्नु कुनै अनौठो कुरा हेाइन ।

नेपालमा यतिबेला प्रचलनमा रहेको दोस्रो नेपाल संवत् पहिलो नेपाल संवत्कै मार्ग चित्रमा उही नयाँ वर्ष

-कार्तिक शुक्ल प्रतिपदा) को दिन ३०४ वर्षपछि उही गणनापद्धतिअन्तर्गर्त उठेको संवत् हो । अज्ञात कारण वश वर्ष ३०४ पछि पुनः वर्ष १ बाट गणना सुरु गरिएको यस नेपाल संवत्ले आजसम्म पनि नेपालीहरूबीच आ�नो अस्तित्व धानेकै छ ।

No comments:

Post a Comment