Sunday, 11 November 2012

जन्म कुण्डली (चीना)

विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था  छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ|ज्योतिष बिज्ञान परामर्श केन्द्र हरिचोक २ पोखरा , नेपाल,फोनः ९८४६१६२६३२

सूर्यको गोचरफल:

मेषादि राशिवाला व्यक्तिहरूलाई आङ्खनो जन्मराशिबाट विभिन्न स्थानमा ग्रह बसेका बखतमा के-कस्तो फल प्राप्त हुन्छ भनी अध्ययन गर्ने फलितज्योतिषको एउटा पाटोलाई गोचर भनिन्छ । फलादेशको विषय भएर पनि गोचरले ज्योतिषका तीनवटै विधासग सम्बन्ध राखेको हुन्छ । आजकल विभिन्न सञ्चारमाध्यम तथा पत्र-पत्रिका मार्फ र्सार्वजनिक गर्ने गरिएको राशिफल यही गोचरफल नै हो । सूर्यको गोचरफल:-
प्रत्येक व्यक्तिको जन्मराशिबाट ३, ६, १०, ११ स्थानमा बसेका सूर्यले शुभ फल प्रदान गर्दछन् । मोटामोटी रुपमा प्रत्येक स्थानमा गोचरका सूर्यले निम्न अनुसारको फल प्रदान गर्दछ्न:-
(१) जन्मराशिमा रहँदा विभिन्न किसिमका उपद्रवहरू निम्त्याउँछन् । स्थान हानि र्व्यर्थ परिश्रम, मानसम्मानमा कमी, स्वास्थ्यमा प्रतिकूलता, पेटको खराबी, आँखाको रोग, काममा विलम्ब वा रोकावट, शोक, चिन्ता, क्रोध, परिवारजनमा असमझदारी आफन्तमा वैरभाव, डर लगायतका समस्याहरू व्यक्तिको दैनिकी जीवनमा देखा पर्दछन् । 
(२) जन्मराशिबाट द्वितीय स्थानमा धनहानि -हटाउने वा चोरीको संभावना खासगरी ठगहरूबाट सुख तथा उत्साहमा कमी, र्व्यर्थ श्रम काममा असफलता, धोका, नेत्रपीडा, भय एवं छटपटी गराउँदछन् । 
(३) जन्मराशिबाट तेस्रा गोचरका सूर्यले स्थान लाभ, धनको संग्रह, मान प्राप्ति, मनमा प्रशन्नता, शरीरमा आरायोग्य -रोगबाट छुटकारा) धर्मलाभ, हर्ष प्रेम, सुख, पद-प्रतिष्ठा बढ्ने जस्ता फलहरू प्रदान गर्दछन् । 
(४) जन्मराशिबाट चौथा सूर्यले शरीरिक र मानसिक पीडा, चोटपटक, ज्वरो लगायतका रोगहरू दाम्पत्य सुख एवं बाधा, घरेल झगडा विवाद मानहानि तथा सुखैैर्श्वर्यको भोगचलनमा विध्नबाधाहरू निम्त्याउने गर्दछन् । 
(५) रोग र शत्रुपक्षबाट पीडा, भ्रम, शारीरिक, शिथिलता, उत्साहमा मनोबलमा कमी, आफन्तमा शोक, सरकारी पक्षबाट दमन, विवाद, दीनता, धनहानि लगायतका फलहरू जन्मराशिबाट पाँचौँ स्थानका सूर्यले दिने गर्दछन् । 
(६) जन्म राशिबाट छौटौँ स्थानमा भ्रमण गर्ने सूर्यले आरोग्य प्रदान गर्दछन् । व्यक्तिका सम्पर्ूण्ा शत्रुहरू नाश भएर जान्छन् । रोग, शोक र ताप जस्ता पीडा एवं विध्नबाधाहरू हद्दछन् । अनेक कार्यहरू सिद्ध हुन्छन् र व्यक्तिको जीवन सुखमय बन्दछ । छैटौं सूर्यले सम्पर्ूण्ा अवरोधहरूलाई पन्र्छाई सुखैर्श्वर्य, उन्नति, प्रताप जस्ता फलहरू प्रदान गर्दछन् । 
(७) जन्मराशिबाट सातौं स्थानमा गोचरका सूर्यले पेट तथा मलद्वारमा पीडा, दाम्पत्य सुखमा कमी, खानपानमा अरुचि, अजर्ीण्ा, रक्तविकार, ज्वरो, व्यवसायमा बाधा लगायतका फलहरू प्रदान गर्दछन् । 
(८) जन्मराशिबाट आठौं स्थानमा सूर्य गएका बखतमा व्यक्तिलाई उसका खराब कर्मका फलहरू प्राप्त हुने गर्दछन् । दाम्पत्य सुखमा अनायश बाधा आर्इपर्दछ । जीवनसाथी, पुत्र, बन्धुका बान्धव, कुल कुटुम्ब लगायतका आफन्तहरूमा पीडा, वैरभव, आपत् आर्इपर्दछ । अपमान्, तिरस्कार, पीडा, कलह, राजभय, अपमृत्यु लगायतका दुष्कलहरू आठाँ सूर्यले दिने गर्दछन् । 
(९) नवौं स्थानमा सूर्यले कान्तिक्षय, दीनता, आपत्ति, अस्वस्थ्यता, रोग, धनसम्बन्धी विषयमा विवाह, बाधा एवं हानि, गुरु मान्यजन तथा बन्धुबान्धवसँगको आत्मीय सम्बन्ध ब्रि्रनुका साथै अविश्वासको वातावरण सिर्जना हुने, मत्रि्रम हुने धार्मिक पक्षमा कलङ्क लाग्ने लगायतका फलहरू प्राप्त हुन्छन् । 
(१०) दशम सूर्यले राज्यभोग ऐर्श्वर्य प्रति पद, प्रतिष्ठा, मान, कर्ीर्ति लगायतका फलहरू प्रदान गर्दछन् । अनेक सत्कार्यहरू सम्पन्न गराउँदछन् । काममा सफलता, व्यवसायमा उन्नति, नोकरीमा पदोन्नति, प्रतिस्पर्धामा विजय, प्रशन्नता जस्ता उत्साहवर्द्धक फलका अतिरिक्त धनको सञ्चय, बहुमूल्य रत्नहरूको संग्रह, वाहन सुख लगायतका कर्मफलहरू दशौँ सूर्यले दिने गर्दछन् । 
(११) एकादशस्थानमा गोचरका सूर्य रहेका बखतमा व्यक्तिलाई चौतर्फी लाभ प्राप्त हुन्छ । उत्तम प्रकारको भोजन, अन्न, यश, स्थान, सुख, आरोग्य प्राप्ति हुनुको साथै आयआर्जनका स्रोतहरू बढ्दछन् र पर्याप्त धन संग्रह गर्न व्यक्ति सफल हुन्छ र सम्मान, पदोन्नति तथा विजयको भागीदार बन्दछ । 
(१२) गोचरमा बाह्रौं स्थानमा रहेका बखतमा सूर्यले कार्यमा बाधा, असफलता, अर्थहानि, ज्वरो आदि रोग, वैरता र अनेक विध्न बाधाहरू उपस्थित गराउँदछन् ।

दुर्गा कवच नेपालीमा

यो चण्डी कवचका ऋषि ब्रहृमा हुन् , छन्द अनुष्टुप हो, देवता चामुण्डा हुन्, बीज अङ्ग न्यासोक्त माता, तत्व दिग्बन्ध देवता हुन् । यो सप्तसति अन्तर्रगत छ र यो पाठ गर्नाले जगदम्बिका भगवती कृपा प्राप्त हुन्छ । चण्डिकालाई नमस्कार गरेर मार्कण्डेय ऋषिले ब्राहृमाजीसँग सोध्नु भयो । यो जगतका सम्पर्ूण्ा प्राणीको रक्षा गर्न सक्ने तर आजभन्दा अघि प्रकट नभएको गोप्य पाठ के हो - 
ब्राहृमाजीले भन्नुभयो, तिमीले जान्न चाहेको सबैका लागि उपकारी, कल्याणकारी एक मात्र देवी कवच हो र्सव प्रथमदुर्गाहरु ९ प्रख्यात छन् ।
-१) शैलपुत्री (२) ब्रहृमचारिणी -३) चन्द्र घण्टा -४) कुष्माण्डा -५) स्कन्दमाता -६) कात्यायनी -७) कालरात्री -८) महागौरी -९) सिद्धिदात्री 
यी ९ नामको जप पाठ र स्मरण गर्नाले  अग्नि प्रकोप, शत्रुको आक्रमण, विषम अवस्था र दर्ुगम यात्रामा लाभ हुन्छ । पाठकलाई कुनै अशुभ संकट पर्दैन । कवच पाठीले कुनै पनि शोक दुःख र भय देख्नु पर्दैन । केही परेर आए पनि देवी कृपाले समुचितष्स् बुद्धि उपाय स्वतः प्राप्त हुन्छ यसमा कुनै शंका छैन । 
देवीका वाहन ः  चामुण्डा - प्रेत , बाराही - महिष ,ऐन्द्री -हात्ती ,वैष्णवी - गरुड, माहेश्वरी -वृष, कौमारी - शिखी (मयुर),लक्ष्मी - पद्म कमल पुष्प,वृष बहाना इश्वरीको रुप सेतो 
ब्राहृमी -(हंस) हाँस 
यी नव दर्ुगा माताहरु सम्पर्ूण्ा योग जानेका, सफा, चम्किला वस्त्रमा सुसज्जित भएका र अनेकौं चुरा टीका र आभूषणले शोभित छन् । रिसाएर रथमा यात्रा गर्ने यी देवीहरुका हातमा शङ्ख, चक्र, गदा, शक्ति, हलो, मुशल, आदि हतियार रहन्छन् । खेटक, तोमर, बञ्चरो, डोरी, खर्ुपा, भाला, त्रिशुल आदि हाल खसी बोका राँगा वधशालमा प्रयोग हुने उपकरण सबै यी देवीहर प्रयोग गर्दछन् । डरलाग्दा दैत्यहरु मारेर आफ्नो भक्तको सुरक्षा गर्ने यी उपकरण देव रक्षा निम्ति पनि हो । आफ्ना रक्षा गर्ने देवीको भक्त र देवताहरु यसरी प्रथना गर्दछन् । 
हजुरको स्वरुप डरलाग्दो भए पनि पराक्रम प्रशंसनीय छ । ब्रम्हाणुमा देवी जस्तो उत्साही, बली र प्रतापी अर्को कोही छैन । दशैदिशाबाट हाम्रो रक्षा होस् । 
पर्ूवमा -ऐन्द्री, ,माथिबाट -ब्रहृमणी,आग्नेयमा - अग्नि ,तल- वैष्णवी,दक्षिण -वराही ,अगाडि -जया,पछाडि - विजय,नैऋत्य -खड्ग धारिणी,पश्चिम - वारुणी ,बायाँ - अजीता,वायव्य - मृग बाहिनी ,दायाँ - पराजीता,उत्तर - कौमारी,इशान - शूल धारिणी
टुपीमा, शिरमा, निधारमा, आँखामा मालाधारी यशस्वीनीले रक्षा गरुन् । त्रिनेत्राले आँखी भौंमा, यम घण्टाले नाकमा शंङ्खनिी दुवै आँखाको, द्वारवासिनीले दुवै कानको, कालिकाले गालामा रक्षा गरुन् । कानको फेदमा शाङ्कारीले रक्षा गरुन् । नाक सदैव सुगन्धित रहोस् । ओठमा अमृत र जीब्रोमा सरस्वतीको वास होस् । दाँत कौमारीले, घाँटीमा चण्डिकाले, तालुमा महामायाले, च्यूँडोमा कामाक्षीले, बोलीमा र्सवमङ्गलाले, गृवामा भद्रकाली, पिठमा धनुधारीले पाखुरामा, नीलग्रीनाले, काँधमा खड्गिनी बाहुमा बज्रधारिणी, हातमा दण्डिनी, औंलाहरुमा अम्बिकाले हाम्रो रक्षा गरुन् । नङमा शूलेश्वरी, कोखामा कुलेश्वरी, स्तनमा महादेवी, हृदयमा ललिता, पेटमा शूल धारिणी, नाभीमा कामिनी, गुदद्वारमा गुहेश्वरी, कटिमा, भगवती, घुँडामा विन्ध्यावासिनी, दर्ुइ त्रि्राबीचमा महावला, गोलीगाँठामा नारसिंही, तैजसोले कर्ुर्कुच्चामा, गोडाको औंलामा श्रीः, पैतालामा स्थलवासिनी, नङमा कराली, केशमा उर्ध्वकेशी, रोगकुपमा कौमारी, छालामा बागेश्वरीले रक्षा गरुन् । रक्त, मज्जा, मासु र हाडको रक्षा पार्वतीले, आन्द्राको रक्षा कालरात्रीले पित्तको रक्षा मुकुटेश्वरीले गरुन् । रुघाखोकीबाट रक्षा चुडामणि, नङ उचेरा आदिको रक्षाा ज्वालामुखी र वर्ीय रक्षा ब्रहृमाणीले गरुन् । मन बुद्धि अहंकारको रषा धर्मले, रसरुप, गन्ध, र्स्पर्शको रक्षा योगिनी, सत्व राजतमादि त्रिगुणबाट रक्षा नारायणीले, आयु रक्ष बराहीले, धर्मरक्षा वैष्णवीले, यश, कर्ीर्ति, लक्ष्मी धन विद्या आदिको रक्षा चक्रिणीले, गोत्र रक्षा इन्द्राणीले, पशु रक्षा चण्डिकाले, पुत्र रक्षा महालक्ष्मीले, पत्नी रक्षा भैरवीले, यात्रामा सुपथार क्षेमकारीले, अड्डा अदालतर कार्यालयमा रक्षा महालक्ष्मीले गरुन् ।  यो देवी कवचले सबैको र्सवत्र र्सवाङ्गण्िा रक्षा होस् । यो कवच पाठबाट जे चितायो त्यही पाइन्छ । यो रक्षा कवच पाठले अनेकौं ऐश्यय सहित र्सवत्र निर्भय र विजय पाइन्छ । देवताहरुको लागि समेत दर्ुलभ यो देवी कवच विहान बेलुका र दिनमा पाठ गर्नाले देवीकला प्राप्त हुन्छ । निरोगी भएर अनेकौं सुख सुविधापर्ूवक सय वर्षबाँचेर अन्त्यमा देवी लोकमा वास हुन्छ । देवी कवच पाठले ग्रहपीडा जल, अग्नि, सवारी दर्ुघटना घर परिवार र कुलको वायुदोष, डाकिनी, शाकिनी दोष, भूत प्रेत, पिशाच, यक्ष, गर्न्धर्व राक्षस, ब्रहृम राक्षस, वेताल आदि सम्पर्ूण्ा दोष नाश हुन्छ । मान सम्मान यश कर्ीर्ति राष्ट्रि र अन्तर्रर्ााट्रय सम्मानपर्ूवक र्सवत्र र सदैव लाभ हुनेछ । कदापि कुनै पराजय देख्नु पर्दैन ।

सामुद्रिक शास्त्रमा पाउ रेखा

ज्योतिष शास्त्रमा मानिसको भूत, वर्तमान र भविष्यको सम्बन्धमा फलादेश गर्ने थुप्रै आधारहरु रहेका छन् । विभिन्न ज्योतिषीहरुले विभिन्न शास्त्र, सिद्धान्त र पद्धतिहरु अपनाएर त्यसैको आधारमा फलादेश गर्ने गर्दछन् । कसैले चिना टिप्पणी हेरेर, कसैले लक्षणहरु हेरेर त कसैले शरीरका विभिन्न अङ्ग प्रत्याङ्गहरुको आकार प्रकार आदिका अध्ययन गरेर त कसैले समुद्री शास्त्र अर्थात् हात खुट्टाका रेखाहरुको अध्ययन गरेर पनि फलादेश गर्दछन् । प्रायः ज्योतिषीहरुले हातको रेखाहरुको अध्ययन गरेर फलादेश एवम् विश्लेषण गर्दछन् । तर समुन्द्रिकशास्त्र अनुसार हातको साथै खुट्टाको पैतालामा भएका विभिन्न रेखाहरु, चिन्हहरु कोणहरु र त्यसका आकार प्रकार, गहिरो रेखा, हल्का, छोटा-लामा, काटिएका वा सिङ्गो एवं बाङ्गो खण्डित, आदिको अध्ययन गरेर पनि फलादेश गर्न सकिन्छ । सामान्यतया पुरुषहरुको गोडा लम्बाई छोटा र चौर्डाई मोटा हुने गर्दछन् । तर महिलाका गोडा त्यसको विपरीत लम्बाई बढी चौर्डाई कम हुन्छन् । सामान्यतया पुरुषहरुको खुट्टामा -पैताला) घडा, छाता, क्रिकोण, जौ, धनुवाण, माछा, शङ्ख, गाईको खुर आकार कमलको फूल, झण्डा मुग्दल, लहरा, पास, स्वस्तिक चिन्ह फलफूल चक्र आदि हुन्छन् भने त्यसमा पनि दाहिने खुट्टामा र बायाँ खुट्टामा पनि दायाँ पैतालमा चक्र, छाता, स्वस्तिक चिन्ह, झण्डा कलमको फूल आदि चिन्ह हुन्छन् भने बायाँ खुट्टामा माछा, शङ्ख, चक्र आदि हुने गर्दछन् । खासगरी कुनै पनि रेखा वा चिन्हहरु एक अर्काले काटिनु, खण्डित हुनु निर्धारित किसिमको नहुनु आदिलाई राम्रो मानिदैन । यी र यस्ता अन्य विभिन्न रेखा, विन्दु, चिन्हहरुको बारेमा विभिन्न विद्वानहरुले विभिन्न आधारमा अध्ययन, विश्लेषण गर्ने गर्दछन् । यस्ता विषयका कुराहरु अध्ययन गर्ने शास्त्रलाई सामुद्रिक शास्त्र भन्ने गरिएको छ । 
ज्योतिषशास्त्रका प्रकाण्ड विद्वान एवं शास्त्रकार आचार्य वराहमिहिरद्वारा रचिएको वृहत्संहितामा खुट्टा हातका रेखाहरु चिन्हहरु, थोपा, कोठीहरुको बारेमा सिद्धान्त ज्योतिष गणित ज्योतिष, फलित ज्योतिष, हस्तरेखा पाउ रेखा, लक्षणशास्त्र आदिको राम्रो विकास भइसकेको प्रतित हुन्छ । र समकालीन कवि, साहित्यकारहरुले पनि लक्षणशास्त्रको प्रयोग आफ्ना साहित्यिक कृतिहरुमा प्रयोग गरेको पाइन्छ । 
हातका हत्केलामा जस्तै खुट्टाका पैतालामा पनि विभिन्न किसिमका रेखा, चिन्हहरु हुन्छन् र हातका रेखाहरुबाट जस्तै पैतलाका रेखा, चिन्हहरुबाट पनि मानिसको भूत, वर्तमान र  भविष्यको बारेमा फलादेश गर्न सकिन्छ । खुट्टाका पैतालामा हुने रेखा वा चिन्हहरुको परिचय र त्यसबाट गरिने फलादेश -१) सौभाग्य रेखा - यो रेखा कर्ुर्कुच्चाबाट शुरु भई पैतालाको मध्यभाग हुँदै सिधामाझी औंलासम्म सिधा लामो हुन्छ । यस रेखालाई उर्ध्व रेखा पनि भनिन्छ । हातमा भएको भाग्य रेखाजस्तै यो पनि उत्तिकै महत्वपर्ूण्ा छ । यो रेखा जति लामो, गहिरो, प्रष्ट र अखण्डित हुन्छ, त्यति नै मानिस प्रतिष्ठित भाग्यमानी, सुखी हुन्छ, यो रेखा उच्च कुलमा भए उच्च अध्ययन, नेतामा भए सफल राजनीतिज्ञ, व्यापारीमा भए सफल व्यापारी र निम्न वर्गमा भए धन आर्जन, सुखी, समाजसेवी, परोपकारी हुनेछ । महिलामा यो रेखा भए सौभाग्यशाली हुनेछिन् । तर यदि यो रेखा टुटेको, अस्पष्ट काटिएको भए सो स्थान अनुसार जीवनमा उतार चढावहरु आउने गर्दछ । 
-२) र्सप रेखा - यदि उर्ध्व रेखा वा सोसँगै अर्का छोटो बाङ्गोटिङ्गो, खण्डित, अस्पष्ट र्सपको जस्तो आकार प्रकारको छ भने त्यस्तो रेखालाई र्सपरेखा भनिन्छ । यसको अर्थ ो जो व्यक्तिमा यस्ता रेखा छन् भने अभागी, निर्धन, कपटी, क्रोधी, धुमाएर कुरा गर्ने, अरुको रिस, डाहा गर्ने प्रवृत्तिका हुन्छन् । यस्ता मानिस दुःखी, अशान्त स्वभावका हुन्छन् । 
-३) स्वस्तिक रेखा - जुन मानिसको पैतालामा स्वस्तिक चिन्ह हन्छन्, त्यस्तो मानिस धार्मिक एवं आध्यात्मिक विचारका हुन्छन् र्रर् इश्वरप्रति निकै श्रद्धाभाव राख्दछन्, धार्मिक परोपकारी काममा लाग्ने हुन्छन् । त्यस्तै गज रेखा, भएका मानिसहरु उच्च सम्मान, राजसी मान सम्मान र स्थानमा रहेका हुन्छन् वा प्राप्त गर्दछन् । यस्ता मानिस बाहन प्रेमी, भ्रमणप्रिय सुखी आनन्दी जीवन बिताउने हुन्छन् । 
-४) समृद्ध रेखा- यो रेखा बायाँ पैतालाको औंलाहरुभन्दा तलपट्टी तेर्र्सो रहेको हुन्छ । यस्ता रेखा भएका मानिसहरु पनि धर्म, इमान्दार, परोपकारी, धनी हुन्छन् र प्रसिद्धि प्राप्त र्गे चाहना राख्दछन् । 
-५) कर्मठ रेखा- यो रेखा पैतलाका औलाहरुभन्दा केही तल छोटोछोटोतेर्र्सो परेर रहेको हुन्छ । यस्ता रेखावाला व्यक्ति कर्तव्य निष्ठ, सक्रिय एवं क्रियाशील हुन्छन् । आफ्नै पौरखमा बाँच्न र रमाउन चाहन्छन् । 
-६) स्वतन्त्र रेखा - कर्ुर्कुच्चामा रहेका छोटाछोटा रेखाहरुले सुखी गृहस्थ जीवनको संकेत गर्दछ । र यस्ता रेखाले वैवाहिक जीवनको सुखदुःख संकेत गर्दछ । प्रायः रेखाहरु निर्धारित किसिमको पाइदैन, जुन रेखा चिन्हहरु स्पष्ट राम्रा, गाढा हुन्छन् तिनले राम्रो संकेतहरु गर्दछन् भने अस्पष्ट रेखाहरुहरुले जीवन पनि अनिश्चित र अप्रष्टताको संकेत गर्दछन् । 
हाम्रो हातमा रहेको रेखा, चिन्ह, कोठीहरु जस्तै गोडाको पैतालामा पनि त्यस्ता रेखा, चिन्ह, कोठीहरु हुन्छन् । पुरुषको गोडामा कमलको फूल चक्र, भुमरी, झण्डा, जौ, रथ, मयूर आदि हुन्छन् । यस्ता शुभ चिन्हरुले सकारात्मक वा शुभकार्य, उन्नति, सुख, शान्ति, राम्रो भाग्यको प्रतिकको रुपमा लिइन्छ । दीपको चिन्ह भएमा कूलको कर्ीर्ति बढाउने हुन्छन् भने, गाईको खुरको चिन्ह भएका मानिस धार्मिक, दयावान, समाजसेवी, धनवान हुन्छन्, त्यस्तै माछा, कमल, शंख, एवं चक्र हुनेहरु पनि भाग्यमानी मानिन्छन् । त्यस्तै महिलाको खुट्टाको पैतालामा चक्र, झण्डा, छाता, फूल, आदि चिन्ह छ भने पनि सौभाग्यशाली भाग्यशाली, धन सुखी हुनेछ । र उच्च कूल घरानमा विवाह हुनेछ भने औंला फाटेका, रेखाहरु खण्डित कठपाउ भएका अप्रष्ट चिन्हहरु निर्धारित परिचयभन्दा लामा छोटा रेखाहरुले प्रायः मानिसको जीवनमा उतार-चढाव, निर्धनी, अभागी, दुःखी, पीडित हुने हुन्छन् । तर प्रायः मानिसले हातका रेखा, चिन्हहरु मात्र हेरेर फलादेश गर्दछन्, खुट्टाको रेखाहरु हर्ेर्दैनन् । तर पनि पैतालाका रेखाहरु चिन्हहरु, पाऊ पैताला, खुट्टाहरुको आकार प्रकार नरम, कडा, नङ, औंलाहरुको पनि रुप रंगहरुबाट पनि मानिसको जीवन सम्बन्धी विभिन्न घटनाहरु भूत, भविष्य र वर्तमानका कुराहरु सम्बन्धी फलादेश गर्ने प्रशस्त आधार हुनेछन् ।
सही प्रयोग
 


सही प्रयोग

समाचारको विषयवस्तुमा झैं तपाईंले प्रयोग गर्ने भाषामा पनि ए–बी–सी को नियम लागू हुन्छ।
जे भन्न खोजिएको हो, शब्द र वाक्यले अचूक रूपमा ठ्याक्कै त्यही बुझाउनुपर्छ, प्रस्तुति सन्तुलित हुनुपर्छ र अभिव्यक्ति अनर्थकारी वा हास्यास्पद हुनुहुँदैन।
शब्दको अर्थ के हो, ठीकसँग बुझेर मात्र प्रयोग गर्नुहोस्। नाम होस् वा विशेषण, अर्थ नबुझी प्रयोग गर्दा अनर्थ हुन सक्छ:
• यमुनाले एक जना ज्योतिषलाई आफ्नो हात देखाइन्।
'ज्योतिष' भनेको शास्त्र वा विद्या हो। व्यक्तिलाई ज्योतिष भनिदैन। ज्योतिष पढेको वा ज्योतिष जान्ने मान्छेलाई ज्योतिषी भनिन्छ।
• व्यवसायमा बारम्बार असफल भएपछि उनमा निराशावाद भरियो।
'वाद' भनेको सिद्धान्त हो। उनमा निराशाको सिद्धान्त होइन, निराशा मात्र भरिएको हो।
 शब्दलाई ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ। जुन शब्दको जससँग सम्बन्ध छ उसलाई त्यसैको नजिक लगेर राख्‍नुहोस्
 

• दुई वर्षदेखि गैंडाको चोरीशिकारी निकै बढेको छ। 'शिकारी'को अर्थ हो ― शिकार गर्ने व्यक्ति। यहाँ चोरीशिकारी होइन चोरीशिकार (लुकेर गरिने अवैध शिकार) बढ्यो भन्न खोजिएको हो।
• तीन वर्ष यता कुकुरको जनसंख्या निकै बढेको छ।
'जनसंख्या' भनेको मानिसहरुको संख्या हो। मानिस बाहेक अरूका लागि जनसंख्या प्रयोग हुँदैन। 'संख्या' मात्र भने पुग्छ।
• वरिष्‍ठ हास्यव्यंग्यकार भैरव अर्याललाई त्यस वर्ष मदन पुरस्कार प्रदान गरियो।
'प्रदान'भनेको ठूलाले सानालाई दिने हो। विशिष्‍ट व्यक्तिलाई पुरस्कार, सम्मान आदि दिंदा अर्पण गरियो भन्नु राम्रो हुन्छ।
'प्रदान' गर्दा लिने व्यक्ति बढी झुक्छ, 'अर्पण' गर्दा दिने व्यक्ति।
• उहाँको भनाइ र गराइमा विरोधाभास छ।
'आभास' को अर्थ मिथ्या ज्ञान वा भ्रम हो। 'विरोधाभास' को अर्थ पनि दुई वा धेरै वस्तु अथवा कुराका बीच विरोध भएजस्तो, कुरा नमिलेजस्तो भान पर्नु मात्र हो। साँच्चिकै विरोध भएको वा कुरा नमिलेको अवस्थालाई 'विरोधाभास'ले जनाउँदैन। यसको सट्टा 'अन्तर्विरोध' शब्दले काम चलाउन सकिन्छ।
भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नुहोस्:
• सरकारले सगरमाथाको चित्र अङ्कित नयाँ हुलाक टिकट निष्कासन गरेको छ।
'निष्कासन' शब्दले नकारात्मक भाव दिन्छ। 'हत्यामा संलग्न दुई जना विद्यार्थीलाई विश्‍वविद्यालयबाट निष्कासन गरियो' जस्ता वाक्यमा मात्र 'निष्कासन' को प्रयोग उचित हुन्छ। यहाँ '...नयाँ हुलाक टिकट प्रकाशन गरेको छ/निकालेको छ' भन्नु राम्रो हुन्छ।
• लागू पदार्थ सेवन गर्नेहरूलाई एड्स लाग्ने खतरा हुन्छ।
'सेवन' चाहिं सकारात्मक अर्थ दिने शब्द हो। 'बिहान बिहान स्वच्छ वायु सेवन गर्नु स्वास्थ्यका निम्ति राम्रो हुन्छ' जस्ता ठाउँमा मात्र 'सेवन' को प्रयोग उपयुक्त हुन्छ। यहाँ चाहिं 'लागू पदार्थ खाने/प्रयोग गर्नेहरूलाई' भन्नु उचित हुन्छ।
• संयोगवश उनी चढेको रिक्सा दुर्घटनाग्रस्त भयो।
'संयोगवश' सकारात्मक भाव बोकेको शब्द हो । संयोगवश दुर्घटना हुँदैन, बरु त्यसबाट जोगिन सकिन्छ। यस वाक्यमा 'संयोगवश' को काम छैन।
 वाक्य जस्तै उपवाक्यको पनि क्रियापदसँग प्रत्यक्ष सम्बन्ध वा अन्वय हुनुपर्छ। उपवाक्यलाई बीच बाटामै अलपत्र छाडेर हिंड्ने रोगबाट बच्नुहोस्
 

• माओवादीले निर्दोष शिक्षकलाई कुटपीट गरेको एमालेको दाबी।
दाबी भनेको कुनै वस्तु वा कार्यमा आफ्नो हकको जिकिर गर्ने काम हो। जस्तै: लोकतन्त्र ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका भएको एमालेको दाबी। कसैलाई कुनै खराब काम गरे बापत लगाइएको दोष, बात वा अभियोगलाई चाहिं आरोप भनिन्छ। यहाँ पनि दाबी होइन आरोप भन्नुपर्छ।
सामान्यतः दाबी आफैं गरिन्छ र आरोप अर्कालाई लगाइन्छ।
• बिहानबेलुका भारी बोक्नु रामको दैनिकी हुन पुगेको छ। श्यामको दिनचर्या भने गफ गरेर बित्छ।
'दैनिकी' शब्दको अर्थ दिनदिनैको काम वा क्रियाकलाप नभएर दिनदिनैका घटना लेख्‍ने पुस्तिका अर्थात् 'डायरी' हो। 'दिनचर्या' चाहिं दिनदिनै/दिनभर गरिने कामलाई भनिन्छ। त्यसैले यहाँ भन्नुपर्छ―बिहानबेलुका भारी बोक्नु रामको दिनचर्या हुन पुगेको छ। श्यामको दिन भने गफ गरेर बित्छ।
• यस खानेपानी आयोजनाबाट २० हजार जनसंख्या लाभान्वित हुनेछन्।
'जनसंख्या' भनेको जनताको संख्या हो, जनता नै चाहिं होइन। संख्या निर्जीव हुन्छ त्यसैले त्यो लाभान्वित हुने कुरै आएन। यस्ता ठाउँमा सीधै 'जनता लाभान्वित हुनेछन्' भन्नु बुद्धिमानी हुन्छ।
'राष्ट्राध्यक्ष तीर्थयात्रामा' भन्दा राष्ट्र होइन त्यसको अध्यक्ष तीर्थ गर्न गएको अर्थ लागे जस्तै अथवा 'छात्रावास ध्वस्त' भन्दा छात्रहरू होइन तिनको आवास ध्वस्त भएको बुझिए जस्तै 'जनसंख्या लाभान्वित' भन्दा पनि जनता होइन तिनको संख्या लाभान्वित भन्ने अर्थ निस्कन्छ।
'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनुहोस्:
• यो सन्धिबाट राष्ट्रघात बाहेक अर्को कुनै उपलब्धि हासिल हुन सक्तैन।
यस्तो लाग्छ, मानौं राष्ट्रघात पनि एउटा उपलब्धि हो। त्यो हासिल हुने भए पनि त्यसबाहेक अर्को कुनै उपलब्धि हात नलाग्ने भयो भन्ने चिन्ता परेको छ।
• यसबाट जनतालाई भड्काउनु बाहेक कुनै फाइदा हुनेछैन।
जनतालाई भड्काउनु पनि कुनै 'फाइदा' हो र ?
• सो विद्यालयमा एक महीनाभित्र दोस्रो पटक एउटी छात्रा गर्भवती भएकी छन्।
'एउटी छात्रा' एक महीनामा दोस्रो पटक गर्भवती भएकी?
• साहित्यका बारेमा भन्नुपर्दा, नेपाली साहित्यको इतिहास ज्यादै उज्ज्वल छ।
भन्नु नपर्दा चाहिं इतिहास अँध्यारो हुने हो कि?
 लक्षित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन्
 

• विश्‍वलाई शान्तिको सन्देश दिएर महान त्याग गर्ने गौतम बुद्धलाई हामी पूजा गछौं।
यस्तो लाग्छ, मानौं शान्तिको सन्देश दिनु नै महान त्याग हो।
• विश्‍वको सर्वोच्च शिखर सगरमाथादेखि शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो नेपाल।
सगरमाथाको पनि जन्मस्थल ?
निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्:
• चक्काजामबाट कर्मचारीहरू पनि प्रभावित भएका छन्।
— बाढीबाट दुई गाविस प्रभावित भएका छन्।
— आगलागीबाट बीस घर प्रभावित भएका छन्।
चक्काजामले गर्दा कर्मचारीहरू पैदलै अफिस जानुपर्ने भएको हो, बाढीले दुई गाविसका खेतबारीमा पानी भरिएको हो र आगलागीबाट बीस घर खरानी भएका हुन्। तीन किसिमका यति फरक अवस्थाका लागि प्रयोग भएको 'प्रभावित' शब्दले वस्तुतः कुनै पनि अवस्थाको निश्‍चित चित्र उतार्न सकेको छैन।
• बम विस्फोटका कारण विद्यालय भवन क्षतिग्रस्त भएको छ।
'क्षतिग्रस्त' शब्दले विद्यालय पूरै भत्केको, एउटा भित्तामा प्वाल परेको, प्लास्टर उप्केको अथवा झ्यालका सीसाहरू फुटेको जुनसुकै अवस्थालाई जनाउँछ। यो पनि स्पष्‍ट अर्थ नबुझाउने शब्द हो।
• गैरकानूनी क्रियाकलापमा लागेका कारण ऊ दण्डित भयो।
'गैरकानूनी' शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्नु र ५१ जनाभन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण, मानव बेचबिखन र हत्यासम्मलाई बुझाउँछ। यहाँ के बुझ्ने?
प्रजातान्त्रिक, अप्रजातान्त्रिक, अभिवृद्धि, विकास, दुरवस्था, प्रगति जस्ता थुप्रै शब्द छन् जसले वास्तवमा कुनै निश्‍चित तहको र स्पष्‍ट अर्थ व्यक्त गर्दैनन्। त्यसैले कि यस्ता शब्दको प्रयोगै नगर्ने, नत्र भन्न खोजेको कुरा तुरुन्तै स्पष्‍ट पार्ने गर्नुपर्छ।
सर्वनामको प्रयोगमा पनि होशियारी उत्तिकै जरूरी छ:
• नेपालको फूटबल टिम हिजो जापान प्रस्थान गर्‍यो। उनीहरू सबैले यसपालि रातो ज्याकेट लगाएका थिए।
'उनीहरू' भनेको को ? फूटबल टीम एउटा हो, त्यसलाई उनीहरू भन्न मिल्दैन। भन्नुपर्छ― 'टीमका सबै सदस्यले...'
 म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनुहोस्
 

• भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!
• क्लबले बर्सेनी तटबन्ध मर्मत गर्ने गरेकाले गाउँलेहरू आजसम्म बाढीबाट सुरक्षित छन्। भविष्यमा पनि यो जरूरी छ।
'यो'भनेको के? भन्नुपर्छ ― भविष्यमा पनि यस्तो भइरहनु / तटबन्धको मर्मत भइरहनु जरूरी छ।
• उनले फ्रेमबाट तस्विर निकाले र त्यो हरिलाई दिए।
'त्यो' भनेको के ? फ्रेम कि तस्विर?
• जंगलमा एउटा हरिन र एउटा मुजुर देखिए। श्यामले भन्यो ― आहा, यो कति राम्रो रहेछ।
'यो' भनेको के? हरिन कि मुजुर ?
• पार्टी सभापतिले हामीले अनुशासित भएर पार्टीको नीति बमोजिम काम गर्नुपर्ने बताउनुभयो।
वक्ताले आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै 'हामीले' भनेका हुन्। तर यस वाक्यले चाहिं यो लेख्‍ने व्यक्ति अर्थात् रिपोर्टर(हरु) ले नै अनुशासित भएर उनको पार्टीको नीति बमोजिम काम गर्नुपर्ने भन्ने अर्थ बुझाउँछ। (सही अर्थ बुझाउन वाक्यको पुनर्लेखन गर्नुहोस्।)
विशेषणले अपठ्यारोमा पार्न सक्छ, अतिरिक्त सावधानी अपनाउनुहोस्:
• बलरामले दर्जनौं चेलिबेटी भारत लगेर बेचिसकेको छ । ऊ सजाय दिन लायक व्यक्ति हो।
'सजाय दिन लायक' होइन, 'सजाय पाउन लायक'।
• उसको उत्तेजित भनाइले अरूलाई रिस उठायो।
भनाइ निर्जीव वस्तु भएकाले त्यो 'उत्तेजित' हुन सक्दैन। भन्नुपर्छ― 'उसको उत्तेजनापूर्ण भनाइले...'
• श्यामको घर वराहक्षेत्रबाट दुई दिन टाढा छ।
दूरीलाई दिनमा नापिंदैन। त्यसैले भनौं ― '...पैदल हिंड्दा दुई दिनको बाटोमा छ।'
 निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्
 

• संगठनको तीनदिने प्रथम राष्ट्रिय भेला हिजो शुरु भयो।
यस वाक्यले संगठनका राष्ट्रिय भेलाहरू विभिन्न थरिका हुँदा रहेछन् जसमध्ये 'तीनदिने' राष्ट्रिय भेला चाहिं पहिलो चोटि भएको रहेछ भन्ने अर्थ बुझाउँछ। यसबाट बच्न वाक्यबाट 'तीनदिने' शब्द हटाएर अर्को वाक्यमा 'भेला तीन दिनसम्म चल्नेछ' भन्नु ठीक हुन्छ।
• उहाँले तथाकथित गुण्डागर्दीको भर्त्सना गर्नुभयो।
'तथाकथित'शब्दले भन्न त भनिन्छ तर त्यस्तो होइन वा प्रमाणित भइसकेको छैन भन्ने अर्थ बुझाउँछ। जे हुँदै होइन वा प्रमाणित भएकै छैन त्यसको भर्त्सना किन?
• मदन पुरस्कार विजेता उपन्यासकार कृष्ण धरावासीले कविता वाचन गर्नुभयो।
प्रतियोगिता जितेर पुरस्कार पाएको अवस्थामा मात्र 'विजेता' भन्न सुहाउँछ। कदर वा सम्मानस्वरूप दिइने पुरस्कार चाहिं जितिने होइन, पाइने कुरा हो। त्यसैले 'मदन पुरस्कार प्राप्‍त उपन्यासकार...' भन्नु ठीक हुन्छ।
• दैवी प्रकोपबाट पीडित जनताले पर्याप्‍त राहत पाउन सकेनन्।
'दैवी प्रकोप' होइन, प्राकृतिक प्रकोप भन्नु राम्रो। 'दैवी प्रकोप' को अर्थ देउता वा ईश्‍वरको प्रकोप हो। बाढी, पहिरो, सुख्खा, भुइँचालो आदि प्राकृतिक प्रकोप हुन्। तिनलाई देउता अथवा ईश्‍वरसँग लगेर नजोडौं।
• कुखुराजन्य व्यवसायबाट उसले ठूलो कमाइ गर्‍यो।
'जन्य' को अर्थ उत्पन्न भएको वा पैदा हुने हो। अण्डा, चल्ला, मासु आदि कुखुराजन्य होलान् तर व्यवसाय कुखुराजन्य हुँदैन। त्यो कुखुरासँग सम्बन्धित मात्र हुन्छ। त्यसैले यहाँ 'कुखुरा सम्बन्धी' भन्नु राम्रो हुन्छ। 'कुखुरापालन' मात्रले पनि धेरै कुरा समेट्न सक्छ।
'यौनजन्य व्यवहार','मदिराजन्य पदार्थ','सुर्तीजन्य वस्तु' जस्ता प्रयोगबाट पनि बच्नु जरुरी छ।
• शिक्षाको स्तर कसरी बढाउने भन्ने कुरा चिन्ताजनक छ।
— प्रतिवर्ष चेलिबेटी बेचबिखन बढ्दै जानु चिन्तनीय विषय बनेको छ।
'चिन्ताजनक' को अर्थ हो ― चिन्ता उत्पन्न गर्ने। र, 'चिन्तनीय' को अर्थ हो ― चिन्तन गर्न जरूरी। एउटाको सम्बन्ध चिन्तासँग छ भने अर्काको चिन्तनसँग। माथिका वाक्यहरू मध्ये पहिलोमा 'चिन्तनीय' र दोस्रोमा 'चिन्ताजनक' भन्नु उपयुक्त हुन्छ।
 हिसाबले कहिलेकाहीं नराम्रोसँग झुक्याउँछ, होश गर्नुहोस्
 

• संस्थाले आशातीत प्रगति गर्न सकेको छैन।
'आशातीत' को अर्थ हो ― जति आशा वा अपेक्षा गरेको हो त्यसभन्दा वढी। यस वाक्यले चाहिं आशा गरिए जति पनि प्रगति गर्न सकेन भन्न खोजेको छ। त्यसका लागि 'आशातीत' को ठाउँमा 'आशानुरूप' भन्नुपर्छ।
• नेताहरूका अस्पष्‍ट कुराले जनता गुमराहमा परेका छन्।
'गुमराह' शब्द विशेषण हो र यसको अर्थ हो ― जसको बाटो हराएको छ वा बेपत्ता भएको छ। 'कुइराको काग' भने जस्तै । कोही गुमराह हुन सक्छ वा कसैलाई गुमराह बनाउन सकिन्छ। तर कोही गुमराहमा पर्न सक्दैन र कसैलाई गुमराहमा पार्न पनि सकिंदैन किनभने गुमराह भनेको कुनै भाँडो, ठाउँ वा अवस्था होइन। त्यसैले भन्नुपर्छ '...जनता गुमराह भएका छन्' वा '...जनतालाई गुमराह बनाएका छन्।'
• दुवै मृतकहरूले पालैपालो उनको बलात्कार गरेका थिए।
मरिसकेकोलाई मात्र मृतक भनिन्छ। स्पष्‍ट छ, मृतकले कहिल्यै बलात्कार गर्न सक्दैन।
• म मृतात्माको चिरशान्तिको कामना गर्दछु।
आत्माको सिद्धान्त अनुसार शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन। त्यसैले मृतात्मा (मृत आत्मा) शब्द नै हुँदैन। भन्नुपर्छ ― 'दिवंगत (स्वर्ग गएको) आत्माको।'
हिसाबले कहिलेकाहीं नराम्रोसँग झुक्याउँछ, होश गर्नुहोस्:
• साउनको पहिलो हप्‍ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो। दोस्रो हप्‍ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो। तेस्रो हप्‍ता ५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ।
कुरो मिलेन। ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ होइन।
• बैंकले कर्जा ब्याजदरमा दुई प्रतिशत वृद्धि गरी १० बाट १२ प्रतिशत पुर्‍याएको छ।
यहाँ पनि कुरो मिलेन। कर्जा ब्याजदरमा दुई प्रतिशत होइन, २० प्रतिशत वृद्धि भएको हो। साबिकको १० प्रतिशतमा २० प्रतिशत थप्दा मात्र १२ प्रतिशत हुन्छ।
• प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महीनामै दुई गुणा वढेर २०० रुपैयाँ भएको छ।
गलत ! १०० रुपैयाँको दुई गुणा भनेको २०० रुपैयाँ हो। १०० मा २०० बढ्दा (थपिंदा) ३०० रुपैयाँ हुन्छ। भन्नुपर्छ― 'प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महिनामै दोब्बर भएको छ।'
ख्याल गर्नोस् ― 'दुई गुणा बढ्नु' भनेको तीन गुणा बराबर हुनु हो,'चार गुणा वढ्नु' भनेको पाँच गुणा बराबर हुनु हो।
• प्रति कित्ता दुई हजार रुपैयाँ पर्ने शेयरको भाउ एक महीनामै चार गुणा घटेर ५०० रुपैयाँ भएको छ।
झन् गलत! दुई हजारको चार गुणा भनेको आठ हजार हो। दुई हजारमा आठ हजार कसरी घट्न सक्छ?
ध्यान दिनोस्― 'गुणा' कहिल्यै घट्दैन, जहिले पनि बढ्छ मात्र।
लक्षित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन्:
• देशको राजधानी काठमाडौंमा यसै हप्‍ता जनजातिहरूको राष्ट्रिय सम्मेलन हुँदैछ।
— गत वर्ष उनले संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे।
नेपाली श्रोतालाई काठमाडौं देशको राजधानी हो अथवा सगरमाथा संसारको सर्वोच्च शिखर हो भनेर चिनाइरहनु जरूरी छैन।
 निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्
 

• हामी आन्दोलनको ज्वारभाटा सृजना गर्नेछौं।
— प्रजातन्त्रको रक्षा गर्नु सिसिफसको प्रयास सिद्ध भएको छ।
भूपरिवेष्ठित देशका बासिन्दालाई 'ज्वारभाटा'को जंजालमा फँसाउनु ठीक होइन। 'सिसिफसको प्रयास' पनि आम नेपालीका निम्ति नबुझिने पहेली हो।
• काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकका गभर्नर चारदिने भ्रमणका लागि हिजो चीनतर्फ लाग्नुभयो।
— देशको अन्नभण्डार मानिने चितवनमा सरकारी स्कूलहरूको अवस्था दयनीय छ।
'काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको' र 'देशको अन्नभण्डार मानिने' वाक्यांशहरु सन्दर्भहीन छन्। यी वाक्यमा तिनको कुनै काम छैन।
वाक्य जस्तै उपवाक्यको पनि क्रियापदसँग प्रत्यक्ष सम्बन्ध वा अन्वय हुनुपर्छ। उपवाक्यलाई बीच बाटामै अलपत्र छाडेर हिंड्ने रोगबाट बच्नुहोस्:
• यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
'यो पुस्तिका पढ्ने मात्र होइन' उपवाक्यको क्रियापदसँग सम्बन्ध नहुनाले त्यो अलपत्र परेको छ। वाक्यलाई यसरी पुनर्लेखन गर्न सकिन्छ:
क. यो पुस्तिका पढेर मात्र हुँदैन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
ख. यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने पनि गर्नुपर्छ।
• पहिले गाउँमा अधिकारका कुरा उठाउन नपाइने र केही बोलेमा ठूलाठालुहरूबाट दण्डित हुनुपर्थ्यो।
'… कुरा उठाउन नपाइने' उपवाक्य क्रियापद नभएर टुहुरो बनेको छ। भन्नुपर्छ ― 'कुरा उठाउन पाइँदैनथ्यो र...'
• उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
'ऐन बनेर मात्र हुँदैन' उपवाक्य बेवारिसे भएको छ। वाक्य ठीक पार्न दुइटा विकल्प हुन सक्छन्:
क. उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्छ भन्नुभयो।
ख. उहाँले ऐन बनेर मात्र नहुने त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
कार्यको उत्पत्ति कारणबाट हुन्छ। जुन कुरो कारण नै होइन त्यसलाई कारण ठानेर अथवा कारण जस्तो बनाएर प्रस्तुत नगर्नुहोस्:
• नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले यसको साक्षरता प्रतिशत न्यून छ।
भूपरिवेष्ठित हुनु साक्षरता न्यून हुनुको कारण हुन सक्दैन। हुने भए स्विट्जरल्याण्डको साक्षरता पनि नेपालकै हाराहारीमा हुनुपर्थ्यो।
 शब्दको अर्थ के हो, ठीकसँग बुझेर मात्र प्रयोग गर्नुहोस्। नाम होस् वा विशेषण, अर्थ नबुझी प्रयोग गर्दा अनर्थ हुन सक्छ
 

• दुग्धेश्‍वर महादेवस्थान हुँदै खनिएकाले यस सडकको नाम 'लोकभक्त दुग्धेश्‍वर मार्ग' राखिएको छ।
कारण अपूर्ण छ। दुग्धेश्‍वर महादेवस्थान मात्र कारण भए सडकको नाम 'दुग्धेश्‍वर मार्ग' मात्र हुनुपर्थ्यो। 'लोकभक्त' कहाँबाट आयो?
• ईश्‍वरप्रतिको आस्था र विश्‍वासले नेपालीलाई दासतातर्फ उन्मुख गराएको छ।
ईश्‍वरप्रति आस्था राख्‍नु दासतातर्फ उन्मुख हुनुको कारण हुन सक्दैन। स्वतन्त्रताका लागि लड्ने गान्धीजस्ता व्यक्ति वा भारत, अमेरिका जस्ता मुलुकले ईश्‍वरमाथिको आस्था परित्याग गरेर त्यस्तो आन्दोलन थालेका होइनन्।
कारण मात्र होइन, यस वाक्यले प्रस्तुत गरेको परिणाम पनि भ्रान्तिकारी छ। नेपालीहरू दासतातर्फ उन्मुख नै हुन् त?
शब्दलाई ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ। जुन शब्दको जससँग सम्बन्ध छ उसलाई त्यसैको नजिक लगेर राख्‍नुहोस्:
• त्यो तस्वीर उसले आफ्नो कार्यालयमा १० हजार रुपैयाँमा किनेर राखेको थियो।
तस्वीर कार्यालयमा किनेको होइन, त्यहाँ राखेको मात्र हो। भन्नुपर्छ ― त्यो तस्वीर उसले १० हजार रुपैयाँमा किनेर आफ्नो कार्यालयमा राखेको थियो।
• सो अवसरमा अनेकौं बीबीसीका पत्रकार काठमाडौं आइपुगेका थिए।
बीबीसी अनेकौं छैनन्। त्यसैले 'अनेकौं बीबीसीका पत्रकार' होइन, 'बीबीसीका अनेकौं पत्रकार।'
• ऊ निन्याउरो अनुहार पारेर बसेको थियो।
निन्याउरो अनुहार के पारेर बसेको? भन्नुपर्छ ― अनुहार निन्याउरो पारेर बसेको।
• कानून अनुसार जसले घूस दिन्छ उसले पनि सजाय पाउनेछ।
कानून अनुसार घुस दिइँदैन किनभने घूस दिने कानून नै हुँदैन। भन्नुपर्छ ― जसले घूस दिन्छ उसले पनि कानून अनुसार सजाय पाउनेछ।
• पोखरा जान तयार भैसकेपछि विनीताले रामलाई भनिन्― आज मुग्लिनमा चक्काजाम छ रे।
विनीता पोखरा जान तयार भएकी होइनन्। त्यसैले भन्नुपर्छ― 'पोखरा जान तयार भैसकेपछि रामलाई विनीताले भनिन्...'
 भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नुहोस्
 

• चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले ऋण लिएका छन्।
महिलाहरू चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका होइनन्। भन्न खोजिएको हो ― स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले चक्रकोषबाट ऋण लिएका छन्।
• एउटा अजङ्गको भोटे कुकुर सुरक्षा गार्ड झैं पुच्छर हल्लाउँदै गेटमा उभिएको थियो।
सुरक्षा गार्डले पुच्छर हल्लाउँदैन। भए पो हल्लाउनु ? हास्यास्पद स्थितिबाट जोगिन 'सुरक्षा गार्ड झैं'लाई 'पुच्छर हल्लाउँदै' पछि लगेर राख्‍नुहोस्।
• स्वास्थ्यमन्त्रीले पशुहरूमा कृत्रिम गर्भधारण गराएपछि जन्मने सन्तान बढी स्वस्थ हुने विश्‍वास व्यक्त गर्नुभयो।
स्वास्थ्यमन्त्री स्वयंले पशुहरूमा कृत्रिम गर्भधारण गराउने होइन। सम्भावित अनर्थबाट बच्न 'स्वास्थ्यमन्त्रीले' लाई 'विश्‍वास' पछि लगेर राख्‍नुहोस्।
• 'अबको आधा घण्टामा रूस र जर्जियाबीच चर्किंदो युद्ध, नेपालमा कोशी नदीको बाढीले हजारौं विस्थापित, गौरमा आगलागी भएर २० घर खरानी, वाईसीएल र युथ फोर्सबीचको भिडन्तमा चार जनाको मृत्यु लगायत...सुन्न सक्नुहुनेछ।'
वाक्यको अन्त्यमा रहेको क्रियापद नसुनुन्जेल सबै घटना 'अबको आधा घण्टामा' हुन लागेका हुन् कि जस्तो लाग्छ! क्रियापदलाई 'आधा घण्टामा' सँगै राख्‍ने गरी वाक्यको पुनःसंगठन गरेर त्यसबाट जोगिन सकिन्छ

ज्योतिषशास्त्र


ज्योतिषशास्त्रसँग हाम्रो समाजको शङ्का, डर र विश्वासको अनौठो सम्बन्ध छ। हाम्रा पत्रिकाको एउटा आकर्षण राशीफल हो। मैले पत्रिकामा राशीफलबाहेक अरू पढ्दै नपढ्ने मानिस धेरै देखेको छु। प्रायः हामी सबैलाई आफ्नो राशी थाहा छ। अनि कतै राशी चरित्र वा त्यस्तै वर्णन गरेको फेला पर्यो भने हाम्रो आँखा त्यतातिर गइहाल्छ। त्यस्तै हात हेर्ने अर्को विद्या छ। हामीमध्ये कतिले हात हेराएका छौँ होला, र कतिले चाहिँ डरले नहेराएको पनि हुन सक्छ केही नराम्रो भनिदियो भने भनेर। कतिपय हामीहरूले रङविरङका पत्थर जडित औँठीहरू औँलामा लगाएका पनि होलाऊँ – हरियो, सेतो, पहेँलो आदि पत्थरका। कुन रङको पत्थर कुन औँलामा लगाउने भन्ने पनि शास्त्र छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा चारै औँलामा औँठी लगाउँथे प्रधानमन्त्री हुँदा। त्यस्तै पूर्व प्रधानमन्त्री कोइरालाको हातमा पनि हामी विभिन्न रङका पत्थरजडित औँठी देख्छौँ।
ज्योतिषशास्त्रको काम भविष्यवाणी गर्नु हो – व्यक्तिविशेषको जीवनसँग सम्बन्धित र राष्ट्र, राजनीति आदिको पनि। त्यति मात्र होइन ज्योतिषशास्त्रले भूकम्प, ग्रहण आदिको पनि भविष्यवाणी गर्छ। व्यक्तिगत जीवनसँग सम्बन्धी भविष्यवाणीलाई चाहिँ मार्गनिर्देशनको रूपमा अपनाउने मानिसहरूको ठूलो जमात छ। के गर्दा राम्रो हुन्छ? नराम्रा कुरालाई कसरी पन्छ्याउने? आदि। यससँग सम्बन्धी एउटा रमाइलो प्रश्न हो – के त ज्योतिषीको कुरा पुग्छ त? यसमा विश्वास गर्ने मानिसहरूलाई सोध्नुभयो भने उनीहरू भन्छन् केही न केही पुगेकै छ। फ्रान्सका नोस्त्रादेमसले सोह्रौँ शताब्दीमा २००० वर्षको लागि लेखेको भविष्यवाणी सबै पुगिराखेको छ भनेर विश्वास गर्ने मानिसको ठूलै समूह छ पश्चिममा। 
ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रुप नै अर्को जस्तो भैसक्यो। ज्योतिषशास्त्रको मूल आधार पृथ्वीकेन्द्रित खगोलविज्ञान हो। पृथ्वीलाई केन्द्रमा राखेर सूर्य, चन्द्र र अरू ग्रहहरू परिक्रमा गरिरहेका हुन्छन् भन्ने आधारभूत मान्यतामा परम्परागत ज्योतिषशास्त्र अडिएको थियो। पश्चिममा यो धारणामा परिवर्तन आए पनि हाम्रोमा भने त्यो आधारमा परिवर्तन आएको छैन। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पैदा गरिरहेको हुन्छ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

कुरा सुरु गरौँ राशीबाट। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन। एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनी, कुम्भ-शनी, मिन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ।
सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।
यी केही उदाहरणहरू मात्र भए। फलादेश यति सजिलै चाहिँ हुँदैन। कुनै एउटा ग्रहको फलादेश गर्दा अरू सबै ग्रहहरूसँगको सम्बन्धलाई केलाएर मात्र गर्दछन् ज्योतिषहरू। जस्तो उदाहरणको लागि एउटा काल्पनिक कुण्डलीलाई लिएर हेरौँ। 
यसमा बाह्रवटा कोठा हुन्छ बाह्र राशीको लागि। चित्रमा १२ लेखिएको कोठालाई लग्न भनिन्छ। लग्न जहिले पनि त्यही कोठा हो (यस्तो आकारले कुण्डली तयार पार्दा)। यसलाई ल अक्षरले सङ्केत गर्ने पनि गरिन्छ। यो प्रथम भाव अर्थात प्रथम घर भयो। १२ को मतलब यो मिन राशीको घर हो। मिनको स्वामी वृहस्पति हो। त्यसैले यो कुण्डलीको जातकलाई ज्योतिषको भाषामा ‘मिन लग्न’ को भनिन्छ र वृहस्पति चाहिँ ‘लग्नेश (लग्न + ईश)’ भयो। अब घडीको उल्टो दिशामा क्रमश द्वितीय, तृतीय आदि भाव (घर) पर्दछन्। १ लेखेको घर द्वितीय भाव भयो जसको राशी हो मेष। यो कुण्डलीको तेस्रो घर वृष राशीको हो। यसै प्रकारले राशीहरूको घर निर्धाण हुन्छ जन्म समयको आधारमा।

अब अर्को कदम ग्रहहरूको स्थान खुट्याउनु हो। ग्रहहरू गतिशील भएकाले आफ्नै घरमा फेला नपर्न पनि सक्छन्। फेरि हरेक घरको आफ्नो आफ्नो प्रवृत्ति हुन्छ। यो कुण्डलीमा मेष (१) वा वृश्चिक (८) को स्वामी मङ्गल २ अर्थात वृष राशी (अर्थात शुक्रको घर) मा बसेको छ। अब यसमा कमसेकम तीनवटा कुरा ख्याल गर्नुपर्छ – यो घर तृतीय भाव हो, यो शुक्रको घर (वृष राशी) हो र यसमा मेष तथा वृश्चिकको स्वामी मङ्गल बसेको छ। जस्तो यो तेस्रो घरबाट विभिन्न फलादेशहरूमध्ये जातकको दाजुभाइको बारेमा पनि विचार गरिन्छ। जातकको दाजुभाइको बारेमा बताउनुअघि तेस्रो घरको स्वभाव, वृष राशी तथा यसको स्वामी शुक्र र मङ्गल ग्रहबीचको सम्बन्धको विश्लेषण गर्नुपर्छ। त्यस्तै ३ अङ्क लेखिएको घर कुण्डलीको चौथो घर हो। मिथुन राशीद्वारा अधिनस्थ घर हो यो। मिथुन राशीको स्वामी बुध हो र यहाँ आएर शुक्र बसेको छ। राहु र केतुको आफ्नो कुनै घर हुँदैन। सूर्य र चन्द्रको स्थितिको आधारमा यिनीहरूको स्थान निर्धारण हुन्छ। यो कुण्डलीमा यिनीहरू क्रमशः आठौँ र दोस्रो घरमा बसेका छन्।
कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक) को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्‍नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। यो कुण्डलीको सातौँ घरलाई हेरेर (बुधको घरमा वृहस्पति बसेकोले) जातकको पति/पत्‍नी पढेलेखेको विद्वान/विदुषी हुन सक्छ भनेर अनुमान गरिन्छ। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानीको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। यो कुण्डलीमा चन्द्रमा र शनी आफ्नै घरमा बसेका छन्। चन्द्रमा बसेको घर कुण्डलीको पञ्चम घर हो। यो घरबाट कल्पना, कोमलताबाहेक सन्तान, विद्या आदिको पनि विचार गरिन्छ। चन्द्रमा नै स्वगृही भएर बसेकोले जातक विद्यावान, कल्पनाशील, विचारवान र सुन्दर सन्तानले युक्त हुने देखिन्छ
यहाँ उदाहरणमा दिइएका कुराहरू सतही फलादेश हुन्। पूर्ण फलादेशको लागि अरू धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर) मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। प्रस्तुत कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले लग्नमा ठाडो दृष्टि दिएको छ। लग्नेश वृहस्पति नै हो। अनि दशम घरको मालिक पनि वृहस्पति नै हो। वृहस्पति केन्द्रमा रहेको र आफ्नो घरमा राम्रो दृष्टि दिएकोले जातकमा विद्या, कर्म, परिश्रम आदिको राम्रो सम्भावना कुण्डलीले देखाउँछ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। जस्तो यो कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले एकादश घरमा (१० अङ्क लेखिएको घर) विशेष दृष्टि दिएको छ। एकादश घरबाट आयेश विचार गरिन्छ। यो कुण्डलीमा यो घरको मालिक शनी हो। तर शनी द्वादशभाव अर्थात व्ययभावमा स्वगृही भएर रहेको छ। अब वृहस्पतिले आयस्थानलाई विशेष दृष्टि दिएकोबाट एउटा अनुमान के गर्न सकिन्छ भने जातकको आयको श्रोत विद्या वा विद्यासँग सम्बन्धित क्षेत्र नै हुन सक्छ। तर व्ययको घर बलवान भएकोले बचतमा समस्या देखाउँछ कुण्डलीले। दशम घर (कर्मभाव, यहाँ ९ अङ्क लेखिएको) वृहस्पतिको घर हो, जहाँ सूर्य र बुध दुई ग्रह बसेका छन् र मङ्गलको विशेष दृष्टि छ (आफूसँग समभावको शुक्रको घरमा बसेकोले मङ्गल कमजोर छैन), त्यसैले जातकको अध्यवसाय अध्ययन अनुसन्धान वा कुनै वैज्ञानिक कर्म नै हुन सक्छ भन्न सकिन्छ।
फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। यो कुण्डलीमा सूर्यबुध योग परेको छ। यसलाई ज्योतिषशास्त्रमा राम्रो मानिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषहरू।
यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन।
ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।
यी त भए ‘बाह्र सत्ताइस कुरा’। तपाईँलाई ज्योतिषमा विश्वास लाग्छ कि लाग्दैन थाहा छैन, यदि लाग्दैन भने मलाई भेट्नु अनि ज्योतिष के हो कुरा गरौला। राशी, ग्रह, तिनीहरूमा आरोपित अर्थ र तिनको समन्वयबाट निकालिएको साङ्केतिक भविष्यवाणीबीचको सम्बन्ध साँच्चै नै अनौठो  छ र बैज्ञानिक पनि |

हिन्दू शास्त्रहरू

रामायण




राम वनबास जाँदा पादुका माग्दै भरत
रामायण वाल्मीकिऋषीद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो । यसमा २४,००० श्लोकहरू रहेका छन ।[१] यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ । यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ ।

रामायण

[सम्पादन गर्ने]रचनाकाल

महर्सि बाल्मिकिले त्रता युगमा रामायाणको रचना गरेका हुन | 
यो पेज लाई मैले विस्तार गर्दै छु हेर्दै राख्नु राम्रै हुने छ |