वरिष्ठ उपाध्यक्ष, तराई-मधेस लोकतान्त्रिक पार्टी ज्योतिष शास्त्रमा विश्वास गर्ने नेताहरूमध्ये तराई-मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले यस पङ्क्तिकारसँग झण्डै एक घण्टा खुलेर कुरा गर्नुभयो । उहाँका हातमा एउटा हातमा तीन र अर्कोमा चारवटा गरी सातवटा औंठी छन् । उहाँलाई ती सबै औंठी किन लगाएकोबारे विस्तृत जानकारी कम रहेछ । फोनबाटै उहाँले आˆनी श्रीमती शोभा त्रिपाठीलाई फोन लगाउनुभयो र जान्ने मौका मिल्यो । उहाँले बृहस्पतिका लागि पुष्पराज, शनिका लागि फलाम, सूर्यका लागि माणिक, बुद्धका लागि पन्ना, चन्द्रमाका लागि मोती, गणेश -मङ्गल)का लागि मुगा र राहुका लागि गोमद भएको औंठी लगाउनुभएको छ । मुगाको औंठी लगाएको भने धेरै भएछ । उहाँ सुरुमा कम्युनिस्ट सिद्धान्तबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको हो र उहाँको जीवनमा परिवर्तन ल्याउनमा उहाँकी श्रीमतीको ठूलो हात रहेछ । उहाँले कुराकानीका क्रममा व्यक्त गर्नुभएका रोचक प्रसङ्गसहितका विचार छोटकारीमा यहाँ प्रस्तुत गरिएको छ-
म सुरुमा माक्र्स र लेलिनलाई विश्वास गर्थें । अन्धो भएर विश्वास गरिन्छ, त्यसविपरीत उभिने सबै विपक्षीजस्तो लाग्छ । आस्था र निष्ठाका बारेमा छलफल नै गरिन्न । म सुरुमै नास्तिक हो, सचेत नास्तिक होइन-सचेत आस्तिक हो । म नास्तिक जुन बेला थिएँ त्यो बेला पूर्वाग्रही भएर थिएँ । आफूविरुद्ध बोल्ने सबै दुस्मन, विरोधी, प्रतिक्रियावादीका रूपमा हेर्ने गरिन्थ्यो । मलाई आस्तिक बनाउन मेरी धर्मपत्नी शोभा त्रिपाठीको ठूलो योगदान छ तर उनले मलाई आस्तिक बनाउन भनेर होइन म बढी अन्ध नास्तिक छु भनेर उनलाई थाहा थियो । उनी मसँग विभिन्न धर्म, दर्शन र शास्त्रका विषयमा सतर्कतापूर्वक छलफल गर्थिन् । ती अध्ययनका गर्ने विषय होइन भन्नेमा म मूर्खता थियो ।
कम्युनिस्ट भएपछि कम्युनिस्टबाहेक अन्य शास्त्र नहेरी कम्युनिस्ट हुनुपर्छ, अरू हेर्नु बर्जुवा संस्कार हो भन्ने मनोविज्ञान हुँदोरहेछ । त्यसैले होला कम्मल ओढेर घीउ खाने काम सुरु हुन्छ । अन्य कम्युनिस्ट नेता र स्वर्गीय मदन भण्डारीमा फरक छ । उनमा संस्कृत र पूर्वी दर्शनको पनि ज्ञान थियो । म अस्कल क्याम्पसमा विज्ञान र माक्र्सको दर्शनशास्त्र पढेको हुँ र मैले आफैँले ज्योतिष शास्त्र अध्ययन गरेको छैन । त्यो अध्ययन मेरी धर्मपत्नीले गरेकी छन् । विज्ञानका जे जति नियम छन् खगोल शास्त्रमा पनि त्यही नियम छन् र त्यही जगमा उभिएको पनि छ, यसलाई बेठीक भन्ने आधार नै छैन । ग्रहहरूको अवस्था, मानवजीवनमा पर्ने प्रभावको यसले अध्ययन गर्छ ।
मेरो नसाको शल्यक्रिया डा. उपेन्द्र देवकोटाले गर्नुभयो । त्यसपछि मेरी धर्मपत्नीले ज्योतिषीसँग सम्पर्क राखेर औंठी लगाउन सुझाव दिइन् मैलै प्रतिवाद नगरी लगाएँ र अहिले पनि लगाइराखेको छु, यसले बेफाइदा गरेको छैन । मलाई अस्कलमा फिजिक्स पढाउने गुरु अहिले कालीबाबाको नामले चिनिन्छन् । उहाँ पनि अध्यात्मतिर लाग्नुभयो । मैले उहाँबाट शिक्षा मात्र होइन दीक्षा पनि लिएको छु र उहाँले मलाई मन्त्र दान पनि गर्नुभएको छ । त्यसले पनि मलाई बढी प्रभाव पार्यो । म आफैँले धेरै चिना देखाएको छैन तर मेरी श्रीमतीले धेरै ज्योतिषी चिनेकी छन्, उनले देखाएर सुझाव लिन्छिन् ।
मलाई सुरुमा त्यति विश्वास लाग्दैन थियो । म सार्वजनिक लेखा समितिको सभापति थिएँ । त्यति बेला एक जना ज्योतिषीले तपाइँको छोरो यो दिन जन्मँदै छ, छोरो जन्मनुभन्दा पहिले तपाइँ मन्त्री भइसक्नु हुन्छ भने । मलाई विश्वास लागेन । म लेखा समितिको सभापति भएकाले त्यसबाट राजीनामा दिएर मन्त्री बन्ने सम्भावना कम थियो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा म मन्त्रीमा नियुक्त भएँ तर सपथग्रहण नै नगरी त्यो सरकार ढल्यो, पछि सूर्यबहादुर प्रधानमन्त्रित्वमा मन्त्री भएँ र ज्योतिषीले भनेअनुसार नै छोरो पनि जन्म्यो । त्यसैगरी निर्वाचनका विषयमा पनि ज्योतिषीहरूले दिएको सटिक भविष्यवाणी नै कार्य पूरा भएको छ ।
अर्को प्रसङ्ग पनि छ-म जेलबाट भर्खर छुटेर आएको थिएँ । तत्कालीन राजा ज्ञानेन्द्रको शासन थियो, एक जना ज्योतिषीले राजतन्त्र सामप्त हुने दाबी गरे र उनले महिना पनि बताए तर मलाई विश्वास लागेन । राजाको निरङ्कुशताविरुद्ध लडेको हुनाले मलाई ढाढस दिएको जस्तो लाग्यो तर पछि गएर त्यो पनि सत्य सावित भयो ।
म मन्त्री थिएँ, मेरो पिताजी हरिशङ्कर त्रिपाठी बिरामी हुनुभयो र शल्याक्रियापछि उहाँ ठीक पनि हुनुभयो र घर जानुभयो । त्यतिबेला मलाई ज्योतिषील भनेका थिए-तपाइँको श्रीखस्छ र तपाईंले अब सबैको अभिभावकत्व पनि ग्रहण गर्नुपर्ने छ । त्यतिबेला मैले श्रीखस्छ भनेको मन्त्री पद जाने होला भन्ने सोचे र अर्को कुरा बुझ्दै बुझिन । अचानक दाजु दिनेश त्रिपाठीले पिताजीको निधन भएको खबर सुनाउनुभयो । मैले सुरुमा त्यति गम्भीररूपमा लिइनँ तर महिनासम्म मिलेपछि त मान्नै पर्यो । घुमाउरो पाराको पूर्वसङ्केतलाई मैले वास्था गरिनँ ।
वर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो सरकार कतिबेला ढल्छ भन्ने चर्चा सर्वत्र थियो । त्यसबेला एक जना ज्योतिषीले दाबीका साथ भनेका थिए, अहिले यो सरकार बनेको तीन महिना भयो, यसले आˆनो वाषिर्की मनाउँछ भनेका थिएँ । मलाई पत्यार लागेको थिएन अहिले यो सरकारले नौ महिना -२०६६ फागुन १५) बिताएको छ । अब हेरौँ के हुन्छ ।
मिहिनेतअनुसारकै उपलब्धि हुँदैन मलाई । हुन त नेताहरू कर्ममा भन्दा भाग्यमा विश्वास गर्छन् भन्ने आरोप पनि लगाउने गरेको पाइन्छ । मलाई लाग्छ सबै कर्मले नै त्यहाँ पुगेका हुन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भाग्यले प्रधानमन्त्री भएको मान्छे भनेर उठाउने गरियो तर उहाँले गरेको योगदान र खेपेको जेल जीवन सबै बिर्सिदिन्छन् । ज्योतिषले कर्मलाई रोक्दैन । फल प्राप्त गर्नलाई प्रेरित गर्ने हो, ज्योतिष शास्त्रले कर्महीन फलको वकालत गर्दैन । á
|
No comments:
Post a Comment