ज्योतिष शास्त्रलाई वेदको तेस्रो नेत्र मानिएको छ । ज्योतिषमा अध्ययन गर्दा डेˆथमा जाने हो भने ब्रहृमाण्डदेखि पिण्डसम्म सूक्ष्मतम एकाइहरूको अध्ययन अपरिहार्य छ । ज्यामीति, टे्रगोनोमेट्री र गणित यी तीन अपरिहार्य आधार भए । सायनको काल्पनिक विवेचना र निरयण आकाश ज्योतिषका आधार हुन् । एस्टोनोमी र एस्टोलोजी एक अर्कामा पूर्णतया परिपूरक छन् । भावाभिव्यक्त गर्न पनि निकै कठिनाइ पर्छ । सामान्यतः सिद्धान्त संहिता र फलित प्रकरणलाई ज्योतिषमा मेरुदण्डका रूपमा लिइन्छ । सिद्धान्तभित्रै गणित पर्छ जो विज्ञान हो तर संहिता र फलित यिनैलाई आधार मानेर फल कथन गर्छन् अर्थात् संहिता र फलित भनेका परिणाम भए ।
सामान्यतः जनमानसमा ज्योतिष हेराउने चलन छ । ज्योतिषीको भविष्यवाणी झूठो सावित हुँदा यो विधाप्रति नै नकारात्मक धारणाको विकास हुँदै आउनुले यसको वैज्ञानिक पक्ष पनि धूमिल बन्न सक्नेप्रति ज्योतिष विद्वान्हरूका लागि चुनौती हो । भविष्य कथन गर्ने ज्योतिषीलाई गणितको राम्रो ज्ञान भए सुनमा सुगन्ध हुन्छ । हामीहरूमा त्यो ज्ञान छैन । ग्रहहरूको परिक्रमाको अवस्था ताराहरूबीचको सम्बन्ध बन्न जाने कोण त्रिकोण चतुष्कोण आदिबारे राम्रो ज्ञान हुन जरुरी देखिन्छ ।
पृथ्वी पनि एउटा ग्रह हो । यो पिण्डमा अन्यान्य तारा, ग्रह, नक्षत्र, उपनक्षत्र, धुम्रकेतुहरूको उल्कापिण्ड र उत्पातहरूको कति र के कस्तो प्रभाव कुनकुन समय र अवस्थामा पर्छ विवेच्य विषय फलित हो । गुरुत्वाकर्षणको सिद्धान्त मोसनको रिलेटिभिटीको मेथेफिजिकको ज्ञान पनि ज्योतिषीले राख्नु वेश हुनेछ । इलेक्ट्रोम्याग्नेटिभ वेभका विषयमा ज्ञान नभए इथरमा र इथरबाट वातावरणलगायत प्रत्येक पिण्डमा पार्ने र पर्न सक्ने प्रभावको ज्ञान ज्योतिषमा हुँदैन । यस्तै, ज्योतिष विज्ञान हो र वैज्ञानिक पद्धतिको विकार ज्योतिषकै अवधारणाबाट भएको हो भन्ने जनमानसमा बुझाउन सक्नुपर्ने खाँचो वर्तमानमा पूर्णतः खड्किएको पाइन्छ ,
भूत, भविष्य र वर्तमान देख्न सक्ने त्रिकालदषर्ी बन्ने ज्ञान प्राप्तिका लागि त गहिरो अध्ययनको आवश्यकता पर्छ । यद्यपि हामीकहाँ खानेमेलो गर्न सामान्य पञ्चाङ्ग पल्टाएर न्वारन गर्न नाम जुराउन जानेपछि ज्योतिषी भनिहाल्ने र पदवी दिइहाल्ने चलन छ एवं प्रकारले ज्योतिष विधाको अपमान हुँदै आएको पाइन्छ ।
गणितमा गहिरो दखल राख्नेहरूले पनि यो अत्याधुनिक युगमा विज्ञानले सूचना प्रविधिका क्षेत्रमा कोसौँ फड्को मारिसक्दा पनि स्थूलतालाई नै कायम राखेको देखिन्छ । नेपालका पञ्चाङ्गहरू सूक्ष्म गणितमा आधारित छैनन् भनी गणितज्ञ तथा सˆटवेयर निर्माता श्री रघु ढुङ्गेल बताउनुहुन्छ । उहाँले टुक सिद्धान्तमा आधारित ज्योतिषको पञ्चाङ्ग सˆटवेयर निर्माण गर्नुभएको छ जो सूक्ष्माति सूक्ष्म फलितको व्यख्या गर्नतिर लक्षित देखिन्छ । यसर्थ ज्योतिषलाई विज्ञान सावित गर्न र फलित मिलाउन सर्वप्रथम पञ्चाङ्ग गणना पद्धतिमै सुधार हुन अपरिहार्य देखिन्छ ।
दोस्रो हो सामान्य लग्न गणना गरेर ज्योतिषी बन्ने ध्याउन्नले सताउने । यसको अनुगमन हुन जरुरी छ । लग्न र राशिफलका आधारमा ज्योतिषी बनाइने परम्परामा लगाम लगाउन सक्नुपर्छ । त्यो लगाम लगाउने को ? कुनै निकाय देखिन्न ।
अधिकांश ज्योतिषीहरू फलकथन गर्दा सामान्य मापदण्डसमेतको ख्याल गरेको नपाइनु ज्योतिषलाई नकारात्मकतातिर उन्मुख गराइनु हो । कसैले फलितको आधार सोधिहालेमा आधार प्रामाणिकरूपमा दिन नसकेपछि मलाई दैवीशक्ति छ भन्नेहरूले ज्योतिषको वैज्ञानिक पक्षलाई ओझेल पार्दै आएका कारण जनमानसमा नकारात्मक भावना पैदा हुनु स्वाभाविकै हो । ज्योतिषको मेरुदण्ड नै ग्रहहरू तीनको आ-आˆनो कक्ष र अक्षको भ्रमण दूरी गति एवं ताराहरूको चम्काइबाट पर्न जाने रिˆलेक्टर बिम्ब, प्रतिबिम्ब, अनुलोम, विलोम आदि चक्रहरूबारेको अध्ययन नै हो । यसर्थ यो विधा पूर्णतः प्रामाणिक वैज्ञानिक र तथ्य सूचक छ । यसको पुष्टि निम्न कुण्डलीहरूको सहायताले गर्न सकिन्छ ।
जातक ज्योतिष व्यक्ति पिण्डसँग सम्बन्धित छ भने संहिता ज्योतिष, फलित प्रकृति, देश राज्य, भूगोल, खगोल र तिनका गतिविधिहरूसँग हुन्छ । राशिफल संहिता गोचरको एक सानो एकाइ हो तथापि त्यही आधारमा बजार भाउ, भविष्यमा हुने घटना दुर्घटना राजनीतिक विश्लेषण गर्नु सरासर संहिताको अनादर हो । अक्सर टेलिभिजनमा ज्योतिषीहरूले राज्यको, राजनीतिको भुँइचालो वा दैवीप्रकोप मौसमबारे जातक ज्योतिष र राशिफलको आधारलाई पछ्याएर भविष्यवाणी गरेको देखिन्छ जो सरासर गलत हो । ज्योतिषीहरूमा अध्ययनको कमी देखिन्छ । जसले गर्दा यो ठग विधा हो भन्नेहरूलाई सजिलो भएको छ ।
ठूलै विद्वान्हरूले पनि पृथ्वीको गति, चन्द्रमाको कला, मङ्गल र अन्यान्य ग्रहहरूको भ्रमण कक्ष र अक्ष एवं सूर्यले परिक्रमा गर्ने सिंह राशि किन केन्द्र भयो ? भन्ने बारेमा चासो राखेको देखिन्न नै । सूर्य स्थिर छ भनिरहन्छन् कुनै पनि पिण्ड होस वा पदार्थ तारा होस् वा नक्षत्र कोही किमार्थस्थिर छैन चलायमान छ केवल निरयण आकाश मात्र स्थिर छ किनकि यो अनन्त र शून्य छ एवं शून्यभित्रै सबैथोक अटाएको छ । यसबारे ठूलै सोधकार्यको आवश्यकता वर्तमान परिप्रेक्ष्यमा देखिँदै आएको छ । अब सन्दर्भजातक ज्योतिषतिर बदलौँ ।
पारासरीयमत, बृहत्जातकीयमत, फलदिपिका र मन्त्रेश्वर महाराजको मत, भृगृसंहिता, लग्नचन्दि्रका, भावकुतुहल, जैमनीमत र वर्णद लग्न अर्गला इत्यादि, नारदसंहिता र मुहूर्त ज्योतिष जातकपारिजात, रावण संहिता र पञ्चतत्व, अनेकानेक ज्योतिषीय ग्रन्थहरू हाम्रा लागि आधार मात्र हुन् तथापि सोधकार्य नगरेसम्म फलकिटान गर्न गाह्रो जटिल र कठिन छ । नेपालमा गनिने त्रिभागी दशाको शास्त्रीय प्रमाण अहिलेसम्म फेला परेको छैन यस्तै चहके भनिने ज्योतिषको पनि । स्थूल ग्रन्थहरू केवल आधारहरू हुन् त्यसलाई टेकेर परिणामको खोजी गर्न निकै गहिरिनु पर्दछ । सामान्य लग्न हेरेर राजयोग छ भन्न सकिन्छ तर कुन घटना कहिले कतिबेला घट्छ भन्न निकै गहिरो अध्ययन मनन र चिन्तनको आवश्यकता पर्दछ । लग्न शुद्धि गर्ने परम्परा नाडी ज्योतिषमा छ तर त्यो हामीहरूले पछ्याएको देखिन्न घडी नभएका समयमा पनि विद्वान्हरू शुद्ध चिन्हा लेख्थे र लेखेका छन् । गर्भे चिन्हा लेख्ने विद्वान्हरू मरेर गए तर त्यो विधालाई हामीले लोपोन्मुख हुनबाट बचाउने प्रयास गरेको पाइन्न । केवल ५ घडी र आसपासको समयको लग्न खण्डका आधारमा भविष्य कथन गर्दा अँध्यारोमा हानेको झट्टीले लागे लाग्छ नलागे लाग्दैनको आधार मात्र निर्माण गर्छ । तसर्थ ज्योतिषलाई व्यवसाय बनाउने ज्योतिषीले कमसेकम चन्द्रमाको भुक्त भोग्य गणित ग्रह स्पष्टको विधि लग्न नवांश, त्रिशांस, सप्तमांश, पञ्चमांश, चतुर्थांश, अष्टमांश, द्रेष्काण, होरा -दुवै प्रकारको षेडशांश, दशमांश, भाशांश विशंाशलगायतका षोडसवर्ग ग्रहको मार्गी वक्री अनुवक्री, अतिचारादी, उदयास्त एकै डिग्री वा फरक डिग्री परिपूरक डिग्रीबारेको ज्ञान, अष्टक वर्ग, विन्दु, कालपुरुषको कुण्डली ज्ञान, भावताभाम्को सिद्धान्त, गुलिकादि ग्रहहरू, धुम्रकेतु, इन्द्रचापादी परिहार, लग्न, नक्षत्र, तिथि गण्डान्त, ग्रहहरूको तात्कालिक र वर्तमान गोचर पद्धति नक्षत्र, उपनक्षत्र-उपउपनक्षत्र आदिबारे ज्ञान राख्नु अपरिहार्य छ । विंशोत्तरी दशा पद्धति वैज्ञानिक छ १२० गुणा ३ बराबर ३६० डिग्री एउटा वृत्तलाई लगाइएको भागको आधार र चन्द्रमाको घट्ने बढ्ने कलाका आधारमा तय भएकाले तथ्यात्मक छ, प्रामाणिक छ । कुनै जातक वा जातिको जन्म समय कुन हो ? भनेर यकिन गर्न पञ्चतìवलाई आधार मान्नुपर्छ । पहिलोपटक अक्सिजन लिएको समयलाई आधार मानेर तय गर्ने हो भने किमार्थ फलित असत्य हुँदैन । मिलिसेकेण्डलाई समेत ध्यान दिनुपर्नेमा गणित गर्दा डेसेमलव पछि आएको अङ्कलाई ख्याल नगर्दा पनि ज्योतिषस्थूल भएको देखिन्छ । मुख्यतः टि्रगोनोमेट्रीको ज्ञान आवश्यक छ । एउटा वृत्तलाई १२ गुणा ३० गरेर ३६० डिग्री बनाइ लग्नलगायत १२ भाव तय भएको छ । १२ गुण १२ बराबर १४४ विभाग यसमा छन् । १४४ गुणा २७ नक्षत्रको गुणन ३७८८ प्रकारका फलित कथन गर्नसक्ने ज्ञान ज्योतिषीमा हुनुपर्छ ।
स्थूलरूपमा उदाहरणस्वरूप तलका जन्माङ्ग लग्न कुण्डलीहरूबारे पनि दशा चलाउँदा ध्यान दिनुस् अर्ती नै महìव रहन्छ । उदाहरणहरू हेरौँ-
उदाहरण कुण्डली-१
वि.सं. २०११।६।६ समय १२।५४।३७ दिउँसो बुधबार आश्विन कृष्ण एकादशी
यो कुण्डलीमा वृहस्पति उच्च, बुध उच्च, शुक्र स्वगृही, शनि उच्च चन्द्रमा स्वगृही गरी पाँच ग्रहहरूको अनेक योग निर्माण गरेका छन् तर जातकको हैसियत आर्थिक, शैक्षिक, सामाजिक सबै दृष्टिबाट कमजोर छ । कहाँ गयो उँचनिच र पञ्चमहापुरुष योगको फल कथन । त्यसैले डेˆथमा नगए फलित झूठो हुन्छ । पेसामा व्यस्त छु भनेर नामबाट मात्र ज्योतिष हेर्नेहरूले के ज्योतिषीलाई बदनाम गरेका छैनन् त ?
आक्षांश ः २६०। ५५ु
देशान्तर ८७० । ५५
लग्नको गुरु क्ष्नलयिचम गुरु
कतबचयिचम केतु,
क्गदयिचम शनि, ककयिचम राहू
उदाहरण कुण्डली-२
वि.सं. २००५ माघ २३ गते शनिबार समय २०।५५।३३ बेलुकी
लग्न स्पष्ट ५।६।३०।४१।३२
अघिल्लो कुण्डलीको आधारमा यो कुण्डली नाजुक छ स्थूलरूपमा तर यिनी मेरा एक मित्र हुन् । यिनी एैले अरबपति छन् । नाम, दाम, परिवार सब राम्रो छ । किन ?
उदाहरण जन्मलग्न कुण्डली-३
वि.सं. २००९।९।२७ माघ कृष्ण दशमी नक्षत्र श्वाति लग्न स्पष्ट १०।२०।३२।४४ चरण तेस्रो माथिको उदाहरण कुण्डली १ मा जति बलियो स्थुलमा यो जन्माङ्ग पनि छैन तर जातकको हैसियत धेरै माथिल्लो छ किन ? आद्य दशा राहुको महादशामा जन्म भएको छ । जो नवमभावको दशमेशको क्तबच ीयचम हो । यसैले जन्म कुण्डली शुद्ध छ ।
उदाहरण कुण्डली नं. ४
जन्म वि.सं. २००८।०६।१९ आश्विन शुक्ल पञ्चमी समय १३।३९।३७
लग्न स्पस्ट ः ९।१।३९।३५ यसमा आद्यदशा शनि जो लग्नेस भएर नवमस्थ छ । नवमसँग लग्नको सम्बन्ध भएकाले जन्मकुण्डली शुद्ध छ ।
यो जन्माङ्ग धेरै नाजुक देखिन्छ तर जातक पटकपटक मन्त्री भए र आर्थिक स्थिति उच्च बनाए किन ?
उदाहरण कुण्डली नं. ५
वि.सं. २०१२।१।८ बिहीबार, बिहान ३।२४।२५
आद्यदशा शनि जो लग्नेस हो र नवमस्थ छ यसैले जन्मकुण्डली शुद्ध छ ।
लग्न केन्द्रमा ग्रह त्यसमाथि शुभ ग्रह भए वेस भन्ने भविष्य कथनलाई यो जन्माङ्गले झापड दिएको छ । जातक यो देशका मुख्य सचिव भएर रिटार्यड भए ।
उदाहरण कुण्डली नं. ६
वि.सं. २०२०।६।२१ सोमबार, समय १२।५४
रेखान्तर ५०।४०, अशांश ८५।१९, देशान्तर २७।४२
लग्न स्पष्ट ८।२१।५६।४
आद्यदशा चन्द्रमा अन्तरदशा बुध सूक्ष्मान्तर दशा सूर्य प्राणान्तर दशा मङ्गल सूक्ष्मप्राणान्तर दशा गुरुमा जन्म भएको यसैले जन्मकुण्डली शुद्ध छ ।
चन्द्रमा पञ्चम भावको नक्षत्र हो र बुध दश मेश एवं नवम् भावको उपनक्षत्रेश भएकाले जन्म कुण्डली मिलेको छ । नोट ः जन्मदशा नवमेश र त्यसको सहायक भाव लग्नेसँग सम्बन्धित हुनै पर्छ । वृहस्पति रेवती नक्षत्रमा जन्मकालमा भ्रमण गरिरहेछ जो लग्नेससँग र नवमेशसँग सम्बन्ध राख्छ ।
प्रस्तृत कुण्डलीलाई स्थूलरूपमा मात्र व्याख्या गर्ने ज्योतिषीहरूले वृहस्पति केन्द्रगत स्वगृहि भई पञ्चमहापुरुष योग बनाएको बुधले भद्रयोग बनाएको नवमेश र दशमेशको युति दशम भावमा भएको, एवं तुलाको शुक्र स्वगृहि भई पञ्चमेश मङ्गलका साथ युति भएको, शनि स्वगृहि भएको, चन्द्रमाले उच्चस्थ भई विपरीत राजयोग बनाएको त्यति मात्र नभई धनुको केतु र मिथुनको राहुलाई उच्चस्थसमेत मान्ने हुँदा जातक राज्यमा ठूलै मान्छे हुने, धनाढ्य हुने विश्लेषण गरिदिन्छन् हुन पनि छ ग्रह त स्वगृहि र उच्च भई बल प्राप्त गरेको देखिन्छ । कारकत्वमाथि विचार नगरी फलित गर्दा नमिलेपछि ज्योतिषीहरू ग्रह हौसिएको भनिदिन्छन् कसरी ग्रह हौसन्छ त्यो शास्त्रीय प्रमाण छैन । सूक्ष्मरूपमा जातक जन्मिएको समय पूर्वी क्षितिजमा उदाएको राशि । नक्षत्र, उपनक्षत्र, उप-उपनक्षत्र, उपनक्षत्रक्यूब, उपनक्षत्र ५ हरूको ग्रहहरूको भ्रमण र तीनले बनाएको कोणहरू त्रिकोणहरूलगायत पृथ्वीबाट तिनको दूरी, तिनको गतिलाई एक्युरेट विवेचनाले फलको निरूपण गर्दछ । जातक सामान्य मान्छे छन् ।
उदाहरण कुण्डली-७
वि.सं. १९८१।३।१९ आषाढ कृष्ण अमावाश्या
जन्म समयः
लग्न स्पष्ट ४।१८।२५।१०।४
यो कुण्डली अस्तग्रहहरूले काम गर्दैन भन्ने ज्योतिषीहरूको व्याख्यालाई दह्रो झापड दिने कुण्डलीको रूपमा प्रस्तुत गरिएको छ ।
सूर्यः २।१७।११।५९।०
चन्द्रमा ः २।१६।३४।१७।३९ परमअस्त
बुध ः २।१२।५१।२८।४१ परमअस्त
शुक्र ः २।१६।८।४३।११ परमअस्त
त्रिभिर अस्र्तैगतैजड ः कहाँ लागू भयो ? जबकि जातक देशको ठूलो हैसियत राख्ने व्यक्ति हुन् । निज जन्मदा आद्यदशा सूर्यमहादशामध्ये अन्तरमा राहुमध्ये, प्रत्यान्तरमा शुक्र, सूक्ष्मान्तरमा गुरु, सू-सूक्ष्मान्तरमा चन्द्र, प्राणान्तरमा राहु चलेको छ नवमभावको नक्षत्रपति शुक्रले लग्नगत ग्रह राहुलाई सङ्केत गर्छ र राहु स्वयं शुक्रको उपनक्षत्रमा छ र राहुले पोजिसनल स्टाटस प्राप्त गरेको छ । यसैले जन्मकुण्डली शुद्ध छ ।
उदाहरण कुण्डली-८
वि.सं. १९९६।११।३ स्थानीय समय २३।३५।१८।३२८
लग्न स्पष्ट ६।१।५८।२।२७
१. कालसर्पयोगको उदाहरण कुण्डली ः
२. शनि परम-परमनिच जन्ममहादशा शुक्र अन्तरमा शनि, प्रत्यान्तरमा मङ्गल, सूक्ष्मान्तरमा राहु र प्राणान्तरमा सूर्य । नवमभावको नक्षत्र मृगशिरासँग महादशाको सम्बन्ध भएकाले कुण्डली शुद्ध छ ।
राज्यभावका उपनक्षत्र शनिको महादशाले जातकलाई ठूलो मान्छे बनाउन भूमिका खेलेको देखिन्छ । दशम भावको नक्षत्र पति, उपनक्षत्र पति र उप-उपनक्षत्रपतिसमेत शनि भएकाले शनि महादशामध्ये शनि अन्तरदशा, शनि प्रत्यान्तर दशामध्ये सूक्ष्मान्तर दशा बुधमा राष्ट्रको ठूला मान्छे बनाएको देखिन्छ । षोडस वर्गमध्ये १३ वर्गसम्म शनि मेष राशिमा नै रहन्छ । खै त शनि मारकेश भएको ? ज्योतिषीहरूले जातकलाई शनिको महादशामा मरण सम्भव छ भनेका थिए रे जातकले मसँग गुनासो गर्नुभएको थियो र जातक स्वयं ज्योतिष विधामा गहिरो दखल राख्नुहुन्छ ।
उदाहरण कुण्डली-९
वि.सं. २०११।१०।०३ जन्म समय १५।४२।४२।०३७
लग्न स्पस्ट ः २।१०।३३।५४।२२
जातक राष्ट्रको ठूलो दर्जामा थिए र उनको हत्या भयो । हत्याको बेला शनिको महादशा अन्तरमा मङ्गल, प्रत्यान्तरमा शनि, सूक्ष्मान्तरमा शुक्र र प्राणान्तरमा गुरु चलिरहेको थियो । जन्म समयमा जातकको राहु महादशामध्ये अन्तरमा राहु प्रत्यान्तरमा बुध, सूक्ष्मान्तरमा राहु अनि सूक्ष्मान्तरमा राहु र प्राणान्तरमा शनि चलिरहेको थियो र नवमभावको मालिक शनि नक्षत्र मङ्गल, उपनक्षत्र शनि, उप-उप-उपनक्षत्र शनिले लग्नेस बुध र लग्न नक्षत्रसँग सम्बन्ध गरेको हुँदा जन्मकुण्डली शुद्ध छ ।
माथिका उदाहरण कुण्डलीहरू मैले स्थुल विवेचनाले गरेको फलित झुठ हुन्छ भन्न प्रस्तुत गरेको हुँ । जातकको जीवनमा कालपुरुषको कुण्डलीले व्याख्या गरेअनुसारको ग्रहहरूको कारकìव, पारासरीय राजयोग र मारकेसको योग, विंशोत्तरी भोग्यांश दशा उसको जीवनमा कुन-कुन खण्डमा पर्छ राम्रो ग्रहको दशा जीवनमा आउँदै नआई जीवन बित्ने पो हो कि ? अध्ययन कालमा खराब दशा पो पर्छ कि ? काल निर्धारणमा यकिन गरेर ज्योतिष फल कथनको निरूपण गर्नु अपरिहार्य छ । ग्रहहरूको नक्षत्रगत भ्रमण, उपनक्षत्रगत भ्रमण एवं महादशा-अन्तरदशा, प्रत्यान्तर दशा, सूक्ष्मान्तर दशा, प्राणान्तर दशाहरू सूक्ष्म तारा र नक्षत्रसँग आबद्ध हुन्छन् यिनीहरूको बलाबल र जीवनको काल खण्डमा ग्रहको हैसियत एवं गोचरीय परिवेशमा त्यो महादशा र विदशाहरूको प्रभाव निरूपण गरेर ज्योतिषको फल कथन गरेमा घटना, दुर्घटना, यश-अपयश, घात-प्रतिघात आदिलाई पहिल्याउन सकिनेछ । अर्थ त्रिकोण मजबुत छ ६० डिग्रीभन्दा माथिको कोण निर्माण गर्छ भने आर्थिक हैसियत पनि उच्चै रहन्छ । सूर्यको निकटस्थ आˆनै स्वनक्षत्र, उप-उपनक्षत्रमा बसेका ग्रहहरू छन् भने मान्छे ट्यालेन्ट हुन्छ । सूर्यसँग जति निकट बुध शुक्र रहन्छन् मान्छे उति नै चलाख हुन्छ । गत्यांशी दशा पद्धतिलाई पनि जीवनको हरक्षेत्रमा हर उमेरमा निरुपण गर्नुपर्छ यस्तै नैसर्गिक ग्रहको दशाबल र तारा बल पनि उत्तिकै विचार्नुपर्छ । मान्छेमा शनि, राहु केतु भ्रामरी, उल्का भन्नेवित्तिकै र साढे साति भन्नेवित्तिकै अत्तालिने परिवेशलाई यसो होइन यो ग्रह नराम्रो यो-यो कारणले होइन र शुभदशामा लामो बिरामी पर्ने, मर्नेबारे पनि समाजमा बुझाउन उत्तिकै आवश्यकता पर्दछ । मान्छेको मनोविज्ञान बिगार्न कालसर्प योगको बखान गर्ने परम्परा नै छ जबकी कालसर्प योग भएका मान्छे प्रधानमन्त्री भएका छन् । अतः यस्ता भ्रमहरू हटाएर ज्योतिषको वैज्ञानिक पक्षबारे वकालत गर्नु वर्तमानको चुनौती हो । á
|