Thursday, 22 November 2012

व्याकरणशास्त्र र प्रवक्ताहरू


 उपप्राध्यापक पुरुषोत्तम खतिवडा
 पिण्डेश्वर विद्यापीठ


व्याकरण
      मुखं व्याकरणं प्रोक्तम् योउक्ति अनुसार संस्कृत व्याकरण संस्कृत वाङ्मयको मुख होभनेर वेद पुराण उपनिषद्हरूले पुष्टि गरेका छन् । प्राणीको अङ्कमध्ये मा मुख नै प्रमुख अङ्क मानिन्छ । त्यसमा पनि संस्कृत व्याकरणबाट विचार दुई प्रकारले प्रकट गरिन्छ जस्तै : लेखेर र बोलेर । तर बोलेको कुरा चाहिँ चिरस्थायी हुँदैन,कुनै लेख पुस्तकाकारमा मुद्रण वा हस्तलेखन नै भए पनि सुरक्षितसँग राख्न सके त्यो चिरस्थायी हुन्छ । यसरी विचारहरूको चिरस्थायीका निम्ति परापूर्वकालमा भूजपत्र आदिमा लेख प्रारम्भ गरेको कुरा इतिहासले बताउँछ । त्यस समयका लेखहरूमा भाषा र शब्दको अपरिवर्तनीयताका कारण एकै रूपमा ल्याउनका लागि व्याकरण लेखियो । त्यसमा पनि यो समयमा गुरुमुखबाट सुनेर नै कण्ठ गरिन्थ्यो भन्ने कुरा सुन्नमा आएको छ,त्यसैकारण श्रुति स्मृति भनिन्छ । वेद र श्रुतिहरूले पनि यस्तै कुरा प्रकट गरेका छन् । त्यसैले स्वरको आरोह अवरोहमा भिन्नता छ विभिन्न प्राचीन विद्वान्हरूले आÇना मत अनुसार व्याकरणको रचना गरे । वेद व्याकरणको रक्षा गर्नका निमित्त वेदाङ्कको पनि आवश्यकता छ । शरीरको रक्षा गर्नका निमित्त शरीरका अङ्क प्रत्यङ्क हातगोडामुख इत्यादिको आवश्यक पर्दछजस्तैः
            छन्दः पादौ तु वेदस्य हस्तौ कल्पोथ पठ्यते
            ज्योतिषामयनं चक्षुर्निरुक्तं श्रोत्रमुच्यते ।
            शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम्
            तस्मात्साङ्कमधीत्यैव ब्रह्मलोके महीयते ।।
      यी वेदका षडङ्क हुन् । सबै अङ्क पढ्नाले नै ब्रह्मलोकमा पुजित हुन्छ । यिनमा पनि मुख्य मुख नै व्याकरण शास्त्र होमुख नभएमा कुनै अङ्कको जोर चल्दैन ।
      व्याकरण शास्त्रको प्रारम्भ चाहिँ जगतको सृष्टिसँगै भएको हो भनेर बताएको छ । यो सूक्ति अनुसार ब्रह्मा नै जगन्नियन्ता र व्याकरणकर्ता भएको कुरा व्याकरणका इतिहासकारहरू बताउँछन् । ब्रह्माले रचना गरेको व्याकरण शास्त्रको लिपिबद्ध इन्द्रले गरे । किन कि व्याकरणशास्त्रको आवश्यकता भएको कुरा गरेर नै देवताहरू इन्द्रका नजिकै गएर भन्दा भए कुरु व्याकरणम् यसरी देवताहरूले इन्द्रलाई प्रेरित गरेपछि इन्द्रले प्रतिज्ञा गर्दै भनेव्याकरवाणि इति । यस्तो प्रतिज्ञा गरेर महान् व्याकरणग्रन्थको रचना गरे । यो संसारमा संस्कृत व्याकरणशास्त्रको परम्परा वेदबाट नै भएको हो भन्ने कुरा सर्वत्र प्रख्यात छ । त्यसमा पनि व्याकरणशास्त्रको प्रथम प्रवक्ता ब्रह्मा नै भएको कुरा ऋक्तन्त्र  आदि ग्रन्थमा उल्लेख गरेको छ । ब्रह्माको समयका बारेमा एकमत पाइँदैनऋक्तन्त्रीय प्रमाण अनुसार ब्रह्माबृहस्पतये व्याकरणशास्त्रम्प्रोवाच । ब्रह्माको समयका बारेमा बाल्मीकिय रामायणमा स्पष्ट छ यथा– नूनं व्याकरणम्इत्यादि यो श्लोकअनुसार रामायणकाल (त्रेतायुग)मा पनि व्याकरण शास्त्रको पठनपाठन हुने गरेको कुरा भारतीय इतिहास ग्रन्थहरूले पनि पुष्टि गरेका छन् । रामायणकाल त्रेतायुगको दोस्रो चरण होत्यसैले १२६९०८५ (बाह्र लाख उन्सत्तरी हजार पचासीवर्ष) त्रेतायुगको आयुवर्ष प्रमाण अनुसार बित्यो ।
      व्याकरणशास्त्रका अर्का दोस्रा प्रवक्ता २ बृहस्पति भए । पातञ्जल महाभाष्यबाट यो कुरा बुझिन्छ कि बृहस्पतिले इन्द्रलाई दिव्य हज्जार वर्षसम्म व्याकरणशास्त्र पढाएको कुरा स्पष्ट छ । ३ ऋक्तन्त्रमा पनि ब्रह्माद्वारा बृहस्पतलिाई व्याकरणशास्त्र पढाइयो । त्यसमा पनि यो जिज्ञासा उत्पन्न हुन्छ कि ब्रह्मा पनि छ हजार वर्ष मात्र बाँचेका हुन् त अत एव हामीहरूका दृष्टिमा देवताहरूका गुरु बृहस्पतिको समय सत्ययुगको अन्तिम चरणमा भएको भन्ने कुरालाई स्वीकार्न सकिन्छ । यस्तै ब्रह्मा र बहृस्पति समकालीन हुन् भन्ने प्रमाण सिद्ध हुन्छ ।
      व्याकरणशास्त्रका सम्प्रदाय दुईवटा छन् र ती हुन् महेश्वर र इन्द्र ।
१. महेश्वर माहेश्वर सम्प्रदाय
२. इन्द्र– ऐन्द्र सम्प्रदाय
      संस्कृत व्याकरणशास्त्रका ऐन्द्र सम्प्रदाय प्रवत्र्तक तृतीय प्रवक्ता नै इन्द्र हुन् । ऋक्तन्त्रका अनुसार इन्द्र बृहस्पति गुरुका शिष्य हुन् । इन्द्रले व्याकरणशास्त्रको प्रवचन गरेको कुरा ऋक्तन्त्रमा उल्लेख छ । यसरी यो कुरा महाभाष्यमा उल्लेख छ । इन्द्रदेखि नै प्रकृति प्रत्यय स्वरूप व्याकरण प्रक्रिया सम्बन्धी विकास सुरु भएको हो । तर पनि इन्द्रको समयका बारेमा यो नै निश्चय मान्न सकिन्छ । इन्द्र दीर्घजीवी थिए अध्यात्म ज्ञान प्राप्त गर्नका लागि एकसय वर्षसम्म ब्रह्मचर्य व्रत पालना गरेका थिए भन्ने प्राचीन ग्रन्थहरूमा उल्लेख छ ।
      व्याकरण शास्त्रका प्रवक्ताहरू अनेक थिएत्यसमा चतुर्थ प्रवक्ता वायु भएको कुरा व्याकरणविद् विद्वान्हरूले पुष्टि गरेका छन् । तैतिरीय ५ संहितामा भने अनुसार वायुका सहयोगले इन्द्रद्वारा प्रकृति प्रत्ययले युक्त शास्त्र तयार गरियो । अर्को कुरा वायुका सहयोगले नै वर्तमान प्रसिद्ध भएको ६ व्याकरणशास्त्र देववाणी नै सर्वप्रथम इन्द्रले नै निर्माण गरेको कुरा यत्रतत्र प्रसिद्ध छवायुपुराणमा वायु सर्वशास्त्रविशारद भएको कुरा उनैले रचना गरेको पौराणिक आख्यानहरूले पनि पुष्टि गर्दछन् । वायुपुत्र हनुमान् पनि ठूला वैयाकरणी थिएसाथै व्याकरण वेत्ता आÇना पिता वायुझैँ थिए भने श्रमद्वाल्मीकीय रामायणमा आदिकवि ७ वाल्मीकिले पनि बताएका छन् । हनुमान् दशरथपुत्र भगवान् श्रीरामचन्द्रका समकालीन थिएयसकारण वायुको समय त्रेतायुगलाई मान्न सकिन्छ । किन कि विभिन्न सभागोष्ठीमा हुनमानद्वारा व्याकरणको महत्त्वबारे प्रकाश पारेका टीका टिप्पणीहरू भेटिन्छन् ।
      यस्तै व्याकरणशास्त्रका (५) पाँचौं प्रवक्त भरद्वाज ८ थिए । यिनी अङ्किरस बृहस्पतिका छोरा इन्द्रका शिष्य थिएइन्द्रले नै ९ भारद्वाजलाई व्याकरणशास्त्रको उपदेश गरेका थिए । क्रमैले भारद्वाजले अन्य ऋषिलाई व्याकरणको उपदेश दिए ।१० भारद्वाज दीर्घजीवी थिए भन्ने कुरा चरक संहिता ऐतरेयाख्यक ऐतरेय ब्राह्मण आदि ग्रन्थहरूद्वारा बुझ्न सकिन्छ । भारद्वाज काशिराजदिवोदासका छोरा ११ प्रतर्दनका पुरोहित थिए । प्रतर्दन दासरथि श्रीरामचन्द्रका ६ समकालीन थिए । श्री सीतारामलक्ष्मण वनमा गएका समयमा भारद्वाज आश्रममा बास बसेका थिए भन्ने कुरा वाल्मीकि रामायणबाट १२ जान्न सकिन्छ । सीताजीको स्वयंवर पछि १२ दासरथि रामको र परशुरामको साक्षात्कार भएको कुरा पनि रामायणमा पाइन्छ । यसरी जमदग्निका छोरा परशुरामको जन्म त्रेता युगको अन्तिम द्वापरयुग पूर्व सन्धि बेलामा भएको थिाये । यो कुरा १४ महाभारतबाट पनि जान्न सकिन्छ । साथै श्रीरामको समय त्रेता + द्वापरको सुरु समय भएको हुनाले भरद्वाज दीर्घजीवी थिए । यस्तै अर्का व्याकरणशास्त्रका छैठौं प्रवक्ता भागुरि ऋषि थिए । भगुरस्यापत्यो बृहद्गगीशिष्यो भागुरिर्बभूव भागुरि ऋषिले पनि आÇनो व्याकरण शास्त्रको प्रवचन गरेका थिए भागुरि ऋषिको व्याकरण शास्त्र विषयक ग्रन्थ र उनले प्रचार गरेका सिद्धान्तले पनि पुष्टि गर्दछन् ।
      विक्रम संवत्भन्दा तीन हजार एकसयवर्य (३१००) पहिले संस्कृत व्याकरण शास्त्रका सप्तम (सातौ) प्रवक्ता १५ पाष्करसादि ऋषि थिए । तर पनि पाणिनिको अष्टाध्यायीमा यिनको प्रमाणिक सूत्र भेटिँदैन । तर पनि महाभाष्यमा भने यिनको उल्लेख पाइन्छ । पौष्करसादियो पद हेर्दा तद्धितान्त प्रत्यय भएको ज्ञान हुन्छ । पौष्करसादि आचार्यका पिता पुष्करसत् १६ थिए भन्ने प्रमाण हुन्छ । बह्वादि गणमा पुष्करसत् शब्द पाइन्छ बह्वादिभ्यश्च (पाणीनि अष्टा. ४।१।९६) यो सूत्रले अपत्य अर्थमा तद्धितमा इञ् प्रत्यय भएर पौष्करसादि यस्तो शब्द निष्पन्न हुन्छ १७ यज्ञेश्वर भट्ट पनि उपर्युक्त महाभाष्यको प्रमाण उद्धरणलाई मान्दछन् । त्यस्तै पुष्करसादि आचार्यले संस्कृत व्याकरणशास्त्रको व्याख्यान गरेको प्रमाण पाइन्छ ।
      संस्कृत व्याकरणका आठौं (अष्टम) प्रवक्ता चारायण थिए । यो शब्द पनि अपत्यप्रत्ययान्त हो । चरस्य अपत्यं पुमान्चारायणः । यस्तो शब्दको व्युत्पत्ति हुन्छ । नडादिगणमा नडादिभ्यो फक् यो सूत्रले फक् प्रत्यय भएर फस्य– आयन आदेश भएपछि आदिबृद्धि णत्व आदि कार्य गरेर चारायणः यो शब्द निष्पन्न हुन्छयज्ञेश्वर भट्ट पनि उपर्युक्त महाभाष्यको प्रमाण उदुरणलाई मान्दछन् । महाभाष्यमा चारायण यो शब्द उल्लेख गरेको हुँदा चारायणाचार्यले पनि संस्कृत व्याकरण शास्त्रको व्याख्याता भएर व्याख्यान गरेका थिए भनेर विद्वान्हरू बताउँछन् ।
काशकृत्स्नः
      विक्रमभन्दा (३१००) तीनहजार एकसय वर्ष पूर्व संस्कृत व्याकरणका (मकै)) प्रवक्ता काशकृत्स्नः नाम गरेका विद्वान् थिए । काशकृस्नले व्याकरण शास्त्रका साथै व्याख्यान पनि गरेका थिए ।१८ महाभाष्य ग्रन्थद्वारा पनि यो ज्ञात हुन्छ कि यिनका पिता काशकृत्स्न थिए । कशकृत्स्न शब्ददेखि यो ज्ञात हुन्छ कि यिनका पिता कशकृत्स्न थिए । कशकृत्स्न शब्ददेखि अपत्य अर्थमा तस्यापत्यम् अष्टा ०४।१।९२ यो सूत्रद्वारा अण् प्रत्यय भएर काशकृत्स्न शब्द निष्पन्न हुन्छ । यिनका आचार्यको अर्को नाम काशकृत्स्न पनि थियो । यिनको गोत्र भार्गव हो भनेर विविध प्रमाणिक ग्रन्थमा बताइएको छ ।
शन्तनुः
      प्रायः सबै विद्वान्हरू एकै समयमा भएको कुरा इतिहासले बताउँदै आएको छ । त्यसै अनुसार संस्कृत व्याकरणका १० (दशक) प्रकाश शन्तनु नाम गरेका वैयाकरण प्रणेता थिए । यिनले सर्वाङ्पूर्ण ग्रन्थ व्याकरणशास्त्रको रचना गरेका थिएतर यिनको वर्तमान व्याकरणको प्रामाणिक अध्ययन फिट् सूत्र मात्र पढ्न सकिन्छ ।
वैयाघ्रपद्य
      अर्का व्याकरणकार वैयाघ्रपद्य नाम गरेका काशिका १९ ग्रन्थका रचयिता वैयाघ्रपद्य नाम भएका ग्रन्थकार (११) एघारौं गणनामा पर्दछन् । यिनका पिता व्याघ्रपाद महर्षि २० वसिष्ठका पुत्र थिए । व्याघ्रपाद शब्ददेखि गर्गादिभ्यो यञ् यो सूत्रले यञ् प्रत्यय भएर वैयाघ्रपद्य शब्द निष्पन्न हुन्छ । वैयाघ्रपद्य व्याकरणमा दश अध्याय २१ थिए भन्ने कुरा काशिका ग्रन्थमा उल्लेख छ ।
गाग्र्यः
      गाग्र्यनाम गरेका व्याकरणकार संस्कृत व्याकरणशास्त्रका धुरन्धर विद्वान् थिए । पाणिनीयाष्टाध्यायी,निरुक्त २२ प्रातिशाख्य २३ ग्रन्थद्वारा यो कुराको बोध हुन्छ । गाग्र्य शब्द गोत्र प्रत्यान्त हो । गर्गस्य गोत्रापत्यं यो विग्रहमा (गर्गदिभ्यो यञ् १।१।१०५) यो पाणिनिको सूत्रले यञ् प्रत्यय भएर सिद्ध हुन्छ । यिनका पिताको नाम गर्ग थियो गर्ग भारद्वाजका पुत्र थिए । पाणीनिको अष्टाध्यायीमा उल्लेख गरे अनुसार गाग्र्य पाणिनिभन्दा प्राचीनतम थिए । निरुक्तमा गाग्र्यको मत उल्लेख गरेकाले यास्कभन्दा पनि गर्ग नै पुराना हुन् भनेर भन्न सकिन्छ । यास्काचार्यको समय सीमा महाभारत युद्ध समीप हुन सक्छ । त्यसैले गाग्र्यको समय पनि विक्रमभन्दा ३१०० वर्ष पूर्व नै हो भनेर विद्वान्हरूले स्वीकार गरेका छन् । परन्तु सुश्रुतटीकाकार उल्हणले २४ धन्वन्तरिशिष्यमध्ये मा गाग्र्य र गालवको उल्लेख गरेका छन् । यदि वैद्य गाग्र्यगालव झैँ वैयाकरण गाग्र्य गालव नै हुन् भन्ने प्रमाणान्तरले सिद्ध हुन्छ । त्यसो हुँदा गाग्र्याचार्यको समयसीमा विक्रम संवत् भन्दा ५५०० पाँचहजार पाँचसय वर्ष पूर्व मान्न सकिन्छ ।
गालवः
      गालवः नाम गरेका वैयाकरणकारले संस्कृत व्याकरणको व्याख्यान गरेको कुरा पाणिनीय अष्टाध्यायीबाट पनि जान्न सकिन्छ ।२५ पुरुषोत्तमदेव प्रणीतम्भाषावृत्तौ च पुरुषोत्तमदेवारा रचित भाषावृत्तिमा व्याकरण विषयक मत उल्लेख गरेको छ । गावलशब्द गोत्रापत्य प्रत्ययान्त भएको हुँदा गालवाचार्यका पिताको नाम गलव वा गलु थियो भन्ने सकिन्छ । सुश्रुतटीकाकारको उल्हणमत अनुसार गालवाचार्य पनि धन्वतरिका शिष्य थिए । वास्तवमा यिनी नै धन्याकरण गालवको एकीभाव सिद्ध हुन्छ तर गालवाचार्यको समय विक्रमभन्दा पाँचहजार पाँचसय (५५००) वर्ष पूर्व मान्न सकिन्छ ।
शाकल्यः
      विक्रम संवत्भन्दा तीनहजार एकसय (३१००) वर्ष पूर्व शाकल्य नाम गरेका संस्कृत व्याकरणकारले संस्कृत व्याकरणको व्याख्या गरेका थिए । २६ पाणिनीय अष्टाध्यायी २७ मा महाभाष्य २८प्रातिशाख्येभ्योवगशाकल्य इति अनुमीयते ।२९ महाभारतमा कुनै सूत्रकार शाकल्य भनेर उद्धृत गरिएको छ । तिनै वैयाकरण शाकल्य हुन् भनेर अनुमान गर्न सकिन्छ । पाणिनीयाध्यायी प्रातिशाख्यमा उद्धृत गरिएका शाकल्यका मत अनुशीलन गर्नाले पनि यो ज्ञात हुन्छ कि शाकल्य व्याकरणमा लौकिक वैदिक दुवैको विशद व्याख्या गरेको थियो भन्ने भनाइ छ । यसरी शाकल्य आदिवैयाकरण ज्ञाता विद्वान्हरूको पनि सिद्धान्त मत प्रस्तुत गरियो ।
माहेश्वर
      व्याकरणशास्त्रको माहेश्वर सम्प्रदायका बारेमा मत दुईवटा प्रसिद्ध छन् । ती हुन् (१) माहेश्वर व्याकरण र (२) ऐन्द्र व्याकरण । त्यसमा माहेश्वर सम्प्रदाय प्रवत्र्तक साक्षात् शिवरूप माहेश्वरले नै व्याकरणा शास्त्रको प्रवचन गरे । अथवा पाणिनिको तपस्याबाट खुसी भएर वरदान दिने शिवबाट डमरुको नादबाट प्राप्त शब्दध्वनि रूप सूत्र नै १४ सूत्रको रूपमा अवतीर्ण शब्दशास्त्रको व्याख्यात्मक ग्रन्थ नै माहेश्वर व्याकरण हो भनेर विद्वान्हरूले पुष्टि गरेका छन् । सारस्वत ३० व्याकरणको भाष्य श्लोकात्मक सूत्रले पनि यही प्रमाण सिद्ध गर्दछ । त्यस्तै पाणिनीय ३१ शिक्षा पनि पुष्टि गर्दछ । त्यस्तै ३२ नन्दिकेश्वर काशिकामा पनि महेश्वरको उल्लेख छ । त्यस्तै अर्को ग्रन्थ ३२ हैमबृहद्वृत्यचूर्णि ग्रन्थ अवलोकन गर्दा पनि त्यो कुरा स्पष्ट हुन्छ । शिव व्याकरण शास्त्र भन्दा अतिरिक्तअर्थशास्त्र धनुर्वेदःवास्तुशास्त्र नाट्यशास्त्रछन्दशास्त्र आदि ग्रन्थहरूका पनि रचनाकार भएको पुष्टि हुन्छ । शिव दीर्घायुः मृत्युञ्जयी थिए । त्यसैले शिवका नाम अनेक छन् । जस्तैः शिवशविभवरुद्र,शङ्गर शम्भुपिनाकी शूलभगवीमहेश्वरमहादेवस्थाणु गिरीशःविशालाक्षयम्बक आदि । प्रसिद्ध नामहरू थिए भनेर अमरकोषकारले पनि भनेका छन् । महाभारतको शान्तिपर्वमा उल्लेखित अनेक शास्त्र प्रवत्र्तक शिव सत्य युगको अन्तिम चरणमा उत्पन्न पौराणिक शिव र व्याकरण शास्त्रका आचार्य शिव (महेश्वर) एकै हुन् किन कि पाणिनिको तपस्याको प्रभावद्वारा प्रसन्न भएका शिवले डमरुको नादसँगै ताण्डव नृत्यद्वारा खुसी भएर पाणिनिलाई अपार शब्द शास्त्र भण्डार वैयाकरण सार सूत्र रूपमा प्राप्त भएका हुन् । कसैकसैले भनेका छन् कि महाभारतको शान्ति पर्वमा वर्णन गरिए अनुसार अनेक शास्त्रका प्रवत्र्तक भगवान् शिव सत्ययुगको चौथो चरणमा भएका शिव कैलाशवासी पार्वती वल्लभ हुन् भने पौराणिक शिवभन्दा भिन्न अर्का वैयाकरणकार आचार्य महेश्वर वेदवेदाङ्क प्रवत्र्तक द्वापरयुगका अन्तिम चरणमा अवतरित शिवले पाणिनिलाई व्याकरणशास्त्रको उपदेश ननाद ढक्का नवपञ्च बारम् डमरु १४ पल्ट बजाएर डमरुको ढक्का डिमडिमबाट निस्किएका अ इ उण् आदि १४ सूत्रका जन्मदाता नै शिव हुन् भने वरदान ग्रहणकर्ता तथा ग्रन्थकर्ता (माहेश्वर व्याकरणकार) पाणिनि हुन् ।
माध्यन्दिनिः
      विक्रम संवत्भन्दा ३००० (तीन हजार) वर्ष पहिले माध्यन्दिनि नाम गरेका वैयाकरण भएको कुरा काशिकाग्रन्थ ३३ द्वारा जान्न सकिन्छ विमलसरस्वतीप्रणीतरूपमाला ३४ ग्रन्थद्वारा पनि जान्न सकिन्छ कि माध्यन्दिनाऽऽचार्यले पनि संस्कृत व्याकरण शास्त्रको व्याख्या गरेका थिए । अपत्यप्रत्ययान्त भएको हुँदा यिनका पिता मध्येन्दिनु ३४ नाम गरेका आचार्य थिए भन्ने कुरा स्पष्ट हुन्छ ।
      काशिका ग्रन्थमा आपिशलपाणिनीयाः रौढीयाःरौढीयकाशकृत्स्नाः यस्ता अनेक उदाहरणहरूमा आपिशलि,पाणिनिकाशकृत्स्न आदिका साथमा रौढि यो पद पढिएको हुँदा रौढि नाम गरेका वैयाकरणकारले पनि व्याकरण शास्त्रको रचना गरेका थिए भन्ने बोध हुन्छ । अपत्य प्रत्ययान्त भएको हुँदा रुढ भन्ने यिनका पिताको नाम थियो र अपत्यप्रत्ययान्तमा इञ् प्रत्यय भएर रौढि नाम भएको हुन सक्छ ।
      यस्तै यसै समयमा अन्य आचार्यहरू जस्तैः शौनकि गौतम आपिशलि काश्यपचाक्रवर्मणभारद्वाज,शाकटायनव्याडिसेनक आदि आचार्य भएका थिए भनेर पाणिनीय व्याकरण अष्टाध्यायी सूत्रपाठद्वारा पनि बुझ्न सकिन्छ ।
पाणिनिः
      विक्रम संवत् भन्दा (२९००) उनन्तीस सय वर्ष पहिले पाणिनि नाम गरेका व्याकरणका सर्वश्रेष्ठ ग्रन्थकार भएका थिए । पाणिनिको समयका बारेमा विद्वान्हरूको एकमत छैन । त्यसमा अनेक आधुनिक विद्वान् र भाषा वैज्ञानिकहरूले पाणिनिको समय ईशवीय सन् भन्दा (५००) पाँचशय वर्ष पूर्व मानेका छन् । तर भारतीय विद्वान् पण्डित युधिष्ठिर मीमांसकले भने विक्रमभन्दा २९०० वर्ष पूर्व मानेका छन् । पाणिनिले महेश्वरबाट प्राप्त व्याकरणशास्त्र उनका डमरुका शब्दबाट प्राप्त चतुर्दशसूत्रहरूलाई आधार मानेर अष्टाध्यायी नाम गरेको ग्रन्थको रचना गरे । यो ग्रन्थ विश्वमा नै अद्वितीय वैज्ञानिक प्रमाणले युक्त संस्कृत भाषाको व्याकरण प्रतिपादक लौकिकवैदिक दुवैतर्फ शब्द भण्डारको राशि ग्रन्थ सिद्ध भएको छ । पाणिनि आचार्यले धातुपाठ,गणपाठउणादिसूत्र पाठलिङ्कानुशासनशिक्षासूत्र जाम्बवतीविजयद्विरूपकोषप्रभृति ग्रन्थ पनि रचना गरेका थिए ।
कात्यायनः
      कात्यायन नाम गरेका अद्वितीय विद्वान्ले अष्टाध्यायी ग्रन्थलाई आधार मानेर वार्तिक सूत्र ग्रन्थको निर्माण गरे । कसै कसैको भनाइ अनुसार याज्ञवल्क्यका नाति वररुचि नै कात्यायन पाणिनि अष्टाध्यायीका वार्तिककार हुन भनेर मान्दछन् । यिनका समयका बारेमा एकमत नभए पनि विक्रमभन्दा २९०० वर्ष पूर्व नै मान्न सकिन्छ ।
पतञ्जलिः
      विक्रम संवत्भन्दा दुई हजार वर्ष (२०००) पूर्व पतञ्जलि नाम गरेका विद्वान्ले पाणिनिका अष्टाध्यायी सूत्र र वररुचिकात्यायनका वार्तिकलाई आधार मानेर व्याकरण महाभाष्य ग्रन्थको रचना गरे । महाभाष्य व्याकरणशास्त्रको अत्यन्त प्रामाणिक ग्रन्थ हो । सूक्ष्मतरिकाबाट हेर्दा यो ज्ञान हुन्छ कि महाभाष्य सम्पूर्ण विद्याको अग्रगण्य ग्रन्थ हो । भनेर २४ भर्तृहरिले वाक्यपदीयमा उद्घोष गरेका छन् ।
            कृतेऽयं पतञ्जलिना गुरुणा तीर्थदर्शिना
            सर्वेषां न्यायबीजानां महाभाष्ये निबन्धने ।   
      यसपछि      शर्ववर्माचन्द्रगोभिभर्तृहरिदेवनन्दीवामनजयादित्यभट्टअकलङ्गपाल्यकीर्ति,शिवस्वामीभोजदेवदयापालमुनिआचार्य बुद्धिसागर सूरिकैøयटभद्रेश्वर सूरिपुरुषोत्तम देवधर्मकीर्ति,वद्र्धमानहेमचन्द्र सूरिमलभयगिरिक्रमदीश्वरनरेन्द्राचार्यअभयचन्द्राचार्यबोपदेवशेषवंशीय रामचन्द्राचार्य,भट्टेजिदीक्षितज्ञानेन्द्र सरस्वतीअन्न भट्टनारायण भट्टकौण्ड भट्टनागेश भट्टवासुदेव वाजपेयीरामाश्रम,वैद्यनाथ पायगुण्डेमहर्षि दयानन्द सरस्वती आदि अनेक आधुनिक विद्वान्हरू भएको कुरा अनेक ग्रन्थ अवलोकन गर्दा बुझ्न सकिन्छ

नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति :: मुरारी अर्याल



नेपालमा मौलिकरूपमा दुईवटा संवत्हरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल -काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवत्हरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आ�नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् । पहिलो संवत्सरको सुरुवात विक्रम संवत् ६३३ कार्तिक १७ गतेदेखि -तद्नुसार अक्टुवर ८, ५७६ ई.) भएको हो भने दोस्रो संवत्सरले पहिलोलाई वि.सं. ९३६ कार्तिक २५ गते -२० अक्टुवर ८७९ ई.) बाट विस्थापित गरेको हो । यतिबेला जुन संवत्लाई नेपाल संवत् भनेर चिनिन्छ त्यो संवत् आफूभन्दा पुरानो मौलिक नेपाली संवत्लाई पुरानाकै ज्योतिष गणना पद्धति, मासिक तालिका एवं महिना तथा बार, नक्षत्र पद्धति सकार गरी वर्ष गणनामा मात्र विस्थापित गरेको दोस्रो नेपाली संवत् हो ।

नेपालमा प्रवेश पाएको पहिलो संवत्सर शक संवत् हो । विक्रम संवत्को उठान मालवगाणाहरूले गरेको १३५ वर्ष पछाडि शकराजाहरूले उत्तर भारतमा सुरु गरेको शालीवाहन शाके भनिने शार्क संवत् नेपाल उपत्यकामा केही शताब्दिसम्म र पश्चिम नेपालका खस मगर राज्यहरूमा झण्डै पन्ध्र सय वर्षसम्म चलेको हो । उपत्यकामा भने शक संवत्को प्रामाणिक अस्तित्व सं. ८५ -वि.सं. २२०) देखि पाइएको छ र यो संवत् पुरानो नेपाल संवत् अस्तित्वमा आएको २८ वर्ष -सं. ५२६) सम्म एकलौटी रूपमा र त्यसको झण्डै एक दशक पछिसम्म पनि आंशिकरूपमै भए पनि राजकीय अभिलेखहरूको मितिमा अङ्कन गरिने अर्थमा अस्तित्ववान् देखिन्छ । पुरानो नेपाल संवत् भने वि.सं. ६३३ मा सुरु भए पनि आ�नो पहिलो अभिलेख -सं २९) वि.सं. ६६३ देखि नयाँ नेपाल संवत्ले वि.सं. ९३६ मा विस्थापित नगरेसम्म अभिलेखको संवत्को रूपमा कायम रहेको पाइन्छ । नेपाल संवत् नयाँको यति बेलासम्ममा प्राप्त अभिलेख भने नं.सं. ४५ -वि.सं. ९८१) को हो ।

नेपालमा मिति किटान गरेर थापिएका अभिलेखहरू वि.सं. २२०

-शाके ८५) भन्दा पूर्वका यतिबेलासम्म प्राप्त भएका छैनन् । शाके ८५ को जयवर्मा -जयदेव प्रथम) को पूर्णकदको शिलामूर्ति कुनै अभिलेख हेाइन, मिति लेखिएको मूर्ति मात्र हो । यतिबेलासम्मको प्रमाणअनुसार नेपालको पहिलो पूर्ण अभिलेख मानदेव प्रथमको सं ३८६

-वि.सं. ५२१, ई. ४६४) को चाँगुनारायण स्तम्भलेख हो ।

नेपालमा ढुङ्गाको मूर्ति कुँद्ने कला शक पार्थियनहरूले इसापूर्वकालमै भित्र्याएको भए तापनि अभिलेख, राजाज्ञाहरू ढुङ्गामा कुँदाएर राख्ने प्रचलन प्राचीनकालका लिच्छविहरूले सुरु गरेका हुन् । लिच्छविहरूले नै त्यतिबेला उत्तरभारतमा चलेको शक संवत्को चलन चलाएका हुन् र पुरानो नेपाल संवत्को पहिलो अभिलेख, अंशुवर्माको सं. २९ -वि.सं. ६६३) अभिलेखपूर्व नेपालका सयभन्दा बढी अभिलेखहरूमा शक संवत् नै अङ्कति छ ।

प्राचीन नेपालका सुरुका अभिलेखहरू -शक संवत् अङ्कन भएका जति सबै) गुप्त लिपिमा लेखिएका छन् र संस्कृत भाषाको उपयोग भएको छ । नेपाल संवत् २९ देखिका अभिलेखहरू भने कुटिला लिपि-संस्कृत भाषामा छन् । त्यसो त वर्तमान नेपालको भूगोलभित्र पाइएको सबैभन्दा पुरानो अभिलेखहरू -मगधसम्राट् अशोकको लुम्बिनी र निम्लिहवा स्तम्भलेख) भने ब्राम्ही लिपिमा छन् । इसाको तेस्रो शताब्दिका विख्यात् गणितज्ञ/ज्योतिषशास्त्री बराह मिहिरले त्यतिबेला शक संवत्को चैत्रादी, कार्तिकादी र माघादि गरी तीन किसिम भएको उल्लेख गरेको पाइए तापनि नेपाल उपत्यकामा भने कार्तिकादि शक संवत्को चलन रहेको प्रमाणित छ ।

मालवगणहरूले विक्रम संवत्को उठान शक संवत्भन्दा १३५ वर्ष अगाडि नै गराइसकेको र त्यो संवत्सँग परिचित शक-पार्थियनहरूले काठमाडौँ उपत्यकामा नदी किनारामा आधारित गान्धार सभ्यता भित्र्याइसकेको भए तापनि ढुङ्गामा अभिलेख कुँद्ने र लिपि तथा मिति कुद्ने चलन भने भित्र्याएको देखिन्न । शक पार्थियनहरूले पोलेको पाको इँटा र पाकेको मृत्तिका मूर्तिहरूको संस्कृति भित्र्याए तापनि लिच्छविहरूले सुरु गरेको प्राचीनकालको मध्य छिमल पूर्वको नेपालको सभ्यता र संस्कृतिको बारेमा जानकारी दिन सक्ने त्यतिबेलाका साक्षहरू यतिबेला उपलब्ध छैनन् । लिच्छविकाल पूर्व यहाँको राज्यको स्वरूप कस्तो थियो, समाजको संस्कृति कस्तो थियो, मानिसहरूको धार्मिक एवं भावनात्मक पक्षको अभिव्यक्ति कसरी हुन्थ्यो जस्ता यावत् पक्षबारे हाम्रो ज्ञान परिमित छ । लिच्छविहरूले ढुङ्गाको �ल्याकमा अभिलेख लेख्दै संवत्सरको प्रयोग, सामाजिक, राजनीतिक, आर्थिक परिस्थितिको साथसाथै भावनात्मक आस्थाको पक्षसमेत उद्घाटित गर्न सघाउने साक्षहरू स्थापना गरिदिएर त्यतिबेलाको इतिहास, सभ्यता र संस्कृतिको गाँठो फुकाउन हामीलाई साधन उपलब्ध गराएर हुनसम्मको गुण लगाएका छन् । त्यसमाथि झन् वि.सं. ६३३ -शकसंवत् ४९८, इश्वी सन् ५७६) मा आ�नो छुट्टै मौलिक संवत् सुरु गराएर नेपालको सभ्यता र संस्कृतिलाई नवीन युगमै प्रवेश गराएर त झनै उल्लेख्य काम गरेका छन् ।

शक संवत् उल्लेख भएका प्राचीन नेपालको पूर्व छिमलका अभिलेखहरूमा देश या राज्यको नाम उल्लेख भएको पाइन्न । अभिलेख थाप्ने राजा -या अन्य भलाद्मी) को नाम अभिलेख थाप्नुपर्ने कामबारे जाहेर गर्ने दूतकथा अभिलेखको उद्देश्य र कसलाई सम्बोधन गरिएको हो त्यो स्थान -तल, ढुंग या ग्राम) को नाम र अभिलेख थापिएको वर्ष, महिना, तिथि र नक्षत्रको उल्लेख मात्र मानदेव प्रथमको चाँगु अभिलेख -विसं ५२१) देखि अंशुवर्मनको विसं. ६६३ -सं. २९) पूर्वका अभिलेखहरूमा पाइन्छ । पूर्वलिच्छिविकालका अभिलेखहरूको अध्ययन गर्दा राज्यको नाम नेपाल भन्ने कतै पाइन्न जब कि नेपालभन्दा बाहिरका साक्षहरूले नेपाल नामको निरूपण इसापूर्व छैटौँ शताब्दीमा नै भइसकेको पुष्टि गर्दछ । अथर्व परिशिष्ट -इ.पू छैटौँ शताब्दी) महाभारतको शभापर्व, कौटिल्यको अर्थशास्त्र -इ.पु. तेस्रो शताब्दी) र समुद्रगुप्त दरबारिया पण्डित हरिर्षणले थापेको प्रयाग प्रशस्ति -ई. ३६५) जस्ता बाहृय साक्षहरूले प्राचीनता प्रमाणित गरिसकेको नेपाल नामको आन्तरिक अभिलेखमा प्रथम उपयोग नेपाल संवत् अङ्कति अंशुवर्मनको वंुगमती अभिलेखमा हुनुले आफैँ आ�नो महत्ता दर्शाउँदैछ ।

नेपालमा उठेका दुवै संवत्हरू अमान्तमासमाथि आधारित छन् । महिनाको सुरु औँसीको भोलिपल्ट

-अर्थात् शुक्ल प्रतिपदा)देखि हुन्छ र मसान्त अमावश्याको दिनलाई मानिन्छ । यो पद्धतिमा एउटा अमावश्याको समाप्तिकालदेखि अर्को अभावश्याको समाप्तिकालसम्मको समयलाई महिना भनिन्छ । एउटा महिनामा एउटा पूणिर्मा तथा एउटा औँसी पर्दछन् र तीनलाई पर्व भन्दछन् । चान्द्र दिनको गणना गर्दा दुई चान्द्र महिनामा कुल ५९ दिन हुन्छ । यसको विपरित सूर्यको गतिबाट गणना गरिने सौर मासमा भने ६१ दिनको दुई महिना हु्न्छ । यसलाई -६१ दिनलाई) ऋतु भन्छन् । यसले गर्दा सौरवर्षमा ३६५ दिन हु्रन्छ भने चान्द्रवर्षमा ३५४ दिन/एक चान्द्रवर्षमा २४ पर्व पर्दछन् भने एक सौरवर्षमा भने त्योभन्दा बढी पर्व पर्दछन्. । हिसाब गर्दा पाँच चान्द्र वर्षमा १२४ पर्व पर्दछन् र पाँच सौर वर्षमा १२० मात्र । नेपालको संस्कृतिमा यो पर्वको भिन्नताले थुप्रै असर पार्दछ । चान्द्रमासका पर्व र सौरमासका पर्वबीचको जुन पाँच वर्षमा ४ को भिन्नता छ, त्यसलाई अधिकमास, प्रत्येक अढाइ वर्षमा एउटा अधिकमासको रूपमा हिसाब मिलाइन्छ भने कुनै समयमा खास चान्द्रमासभित्र कुनै पनि सौरमासको सङ्क्रान्ति पर्ने अवस्था पनि आउँछ र यसलाई क्षयमास मानिन्छ ।

नेपालको संस्कृतिमा पर्व, जात्रा, धार्मिक कार्य आदिको गणना आजपर्यन्त चान्द्रमास पद्धतिअनुसार नै गरिन्छ । यो पद्धति वेदाङ्ग ज्योतिषअन्तर्गतको पद्धति हो । नेपालमा उठेका दुवै संवत्हरू यही पद्धतिअन्तर्गत सञ्चालित छन् र आज सूर्य सिद्धान्तमाथि आधारित विक्रम संवत्लाई राजकीय स्तरमा अनुमोदन भएको एक शताब्दीभन्दा लामो समय बितिसक्दा पनि यही पद्धति कायम छ ।

विक्रम संवत् ६३३ मा उठेको संवत्को विषयमा नेपालमा कुनै आहान किंवदन्तीहरू उपलब्ध नभएका मात्र होइनन् पुराना वंशावलीहरूमा समेत यसको उठान र निरन्तरताको बारे कुनै उल्लेख पाइन्न । राष्ट्रिय अभिलेखालयमा रहेको ताडपत्रमा लेखिएको 'सुमतितन्त्र' भन्ने ज्योतिष पुस्तकमा मानदेव संवत्को रूपमा यसको उल्लेख पाइए तापनि वि.सं. ६३३ को हाराहारीमा मानदेव नाम भएका शासकको कुनै अस्तित्व देखिन्न । यो संवत्को उठान तत्कालीन शासकले गरेको हो भन्न गाह्रो छ । यो संवत् उठेको २८ वर्षसम्म राजकीय अभिलेखहरूमा पुरानो शक संवत्कै उपयोगले पनि यही कुराको सङ्केत गर्दछ ।

अभिलेखहरूमा '२९' को अङ्कपछि देखापर्ने यस संवत्को उपयोग सुरु भएपछि तीनवटा मह�वपूर्ण कुराहरू देखापरेका छन् । पहिलो शक संवत् अङ्कन भएका पुरानो अभिलेखमा प्रयुक्त गुप्त लिपिको साटो कुटिला लिपिको प्रयोग सुरु भएको छ । दोस्रो तिथि, मिति, नक्षत्र, मासको उल्लेखसँगै बारको पनि उल्लेख सुरु भएको छ । तेस्रो तथा सबैभन्दा मुख्य कुरा देशको नाम 'नेपाल' उल्लेख हुन थालेको छ । यस संवत्को उपयोगपूर्वका अभिलेखहरूलाई लिच्छविकालीन अभिलेख मानेर नेपालको पहिलो राष्ट्रिय संवत्अन्तर्गत जारी भएको र त्यसपछिका अभिलेखहरूलाई नेपालका अभिलेखको संज्ञा दिन पनि सकिने अवस्था छ । राष्ट्रि्रय संस्कार र संस्कृतिको अर्थमा यो ज्यादै मह�वपूर्ण पक्ष मान्न सकिन्छ ।

वि.सं. ६३३ अर्थात् नेपालको पहिलो राष्ट्रिय संवत् उठानको समय नेपाली समाजको सापेक्ष सम्मुन्नत अवस्था, राजनीतिक स्थायित्व तथा शान्ति र विध्यार्जनको अर्थमा पनि प्रगतिको अवस्था रहेको देखिन्छ । अर्थतन्त्रमा विकास आएको कारण राज्यले मात्र होइन व्यक्तिहरूले समेत धारा, मन्दिर आदि बनाउने संस्कारको विकास भएको, देशको ख्याति परपरसम्म पनि पुग्न थालेको, बाहृय विश्वसँगको सम्पर्कमा विस्तार भएको सङ्केत विभिन्न स्थानहरूमा प्राप्त अभिलेख तथा विदेशीसाक्षहरूले दिएका छन् । यस समयकै हाराहारीमा बनेका पलाञ्चोक भगवतीको मूर्तिले एकातिर तत्कालीन नेपालको कलात्मक श्रेष्ठताको पुष्टि गर्दछ भने सूर्यघाटको विजयवतीको शिवमन्दिर, विभिन्न स्थानहरूमा प्राप्त नृत्यरत तथा वाद्यवादन गरिरहेका शिवपरिवारगणहरूको मूर्ति तथा हाँडीगाउँलगायतका स्थानहरूमा शासक इतरीका मानिसले निर्माण गरेका ढुङ्गेधाराहरूले वर्तमान नेपालको सांस्कृतिक मूल्यलाई निरूपण गर्ने आधार निर्माण गरिरहेको महसुस हुन्छ । नगर सभ्यताको विस्तारको निम्ति सभ्य, सुसंस्कृत, कुशल नागरिक तथा शिल्पीहरूको अनिवार्य उपस्थितिको पूवशर्तले यस समयको पृष्ठभूमिमा निर्माण भएको बहुचर्चित कैलाशकुट भवनजस्ता वास्तुशिल्पबारे विचार गर्नुपर्दछ ।

संस्कृतिको निर्माणमा अन्य कुराको अतिरिक्त ललितकलाका छवटै अङ्गहरूको यथेष्ट भूमिका रहन्छ । मूर्तकलाअन्तर्गत पर्ने वास्तुकला, मूर्तिकला तथा चित्रकला र अमूर्तकला भनिने, नृत्यकला, सङ्गीत र साहित्यको समूचित विकास नभई सुसंस्कृत समाजको निर्माण हुन सक्दैन । वास्तुकला र चित्रकलाको तत्कालीन अविशेष हामीसामु बाँकी नभए पनि त्यतिबेलाका उच्चस्तरीय मूर्तिकलाको उपस्थिति, मूर्तिहरूको माध्यमबाट थोरै मात्र भए पनि नृत्य तथा सङ्गीतकलाको विकासको सङ्केत र साहित्यको विकासको पर्यायस्वरूप त्यतिबेला लेखिएको व्याकरणको पुस्तकको उल्लेखले नेपाली समाज आ�नै पाराको मौलिक सिर्जनामा व्यस्त रहेको मात्र होइन राष्ट्रिय स्वाभिमानको पर्यायस्वरूप आ�नै राष्ट्रिय संवत्सरनै उठाउन सक्ने अवस्थामा पनि पुगिसकेको महसुस हुन्छ ।

इतिहासकारहरू तत्कालीन समयको हाराहारीमा उत्तर-भारतमा शक्तिशाली रहेका मौखरी राजाहरूले नेपालमा सैनिक आक्रमण गरेको र त्यसलाई नेपालीहरूले परास्त गरी राष्ट्रिय स्वाभिमानको रक्षा गरेको सङ्केत पनि गर्दछन् । विदेशी आक्रमणकर्ताहरूलाई आ�नो भूमिबाट धपाएर लखेट्न सफल नेपालीहरूको स्वतन्त्रताप्रेमी स्वाभिमानको अभिव्यक्ति स्वरूप नेपालीहरूले आ�नै मौलिक संवत् सर सुरु गरेको र शक संवत्लाई विस्थापित गरी पुरानो प्रचलनमा रहेको गुप्त लिपिको साटो नयाँ कुटिला लिपिको प्रयोग गरी आ�नो नौलो परिचय दिन खोजेको हुन पनि सक्दछ ।

नयाँ संव्त सुरु भएको समयबाट चलिआएको कतिपय सांस्कृतिक परम्परा आज पनि केही परिमार्जित रूपमा अस्तित्वमा रहेको पाइन्छ । चार नारायण प्रदक्षिणाको रूपमा समग्र काठमाडौँ उपत्यकाको प्रदक्षिणा, सामूहिक गुठीको माध्यमबाट सार्वजनिक उपयोगका साधनहरूको मर्मत सम्भार र सुरक्षा, परिवार, गाउँ, टोल र विस्तृत क्षेत्रबीच पारस्परिक सद्भाव र सहभोजको वातावरण निर्माण, परम्परागत सांस्कृतिक महोत्सवको समायोजना र सकेसम्म धेरै मानिसहरूको सहभागिताको व्यवस्थाजस्तो संस्कृति र संस्कारको थालनी आधुनिक नेपाली समाजको आधारशिलासरह रहेका छन् । नेपालको सांस्कृतिक परम्परामा मह�वपूर्ण स्थान राख्ने इन्द्रजात्रा, गाइजात्रा, कैलाशको सतविजजात्रा, वुंगमतीमा आजसम्म पनि कुखुरा नपाल्ने परम्परा यही समयको हाराहारीदेखि आजपर्यन्त चलिरहेका छन् ।

वि.सं. ६३३ मा नेपालको पहिलो मौलिक संवत्सरको उठानको समयमा नेपालमा सामाजिक संरचना विभेदकारी नभएको, स्पषर्ा स्पर्षको खासै बन्धन नभएको तथा विभिन्न कुल, गोत्र, जाति, धार्मिक सम्प्रदायबीच समन्वयात्मक किसिमको पारस्परिक सम्मानको वातावरण कायम रहेको अनुमान गरिएको छ । तत्कालीन समाजका एक प्रतिष्ठित विद्वान् कवि अनुपरमले सत्यनारायण स्थान, हाँडीगाउँमा व्यास स्तुतिको अङ्कन गराएका छन् भने उनको नाम उनकी श्रीमती आमिरीले पशुपति परिशरमा अनुपरमेश्वर शिवलिङ्गको स्थापना गराएकी छिन् । वेदका देवता इन्द्रको ध्वजोत्थान गर्ने र सँगसँगै शिखर स्वामी -नारायण) गजपति गणेश) र पशुपति

-शिव)को मन्दिर पनि बनाउने अझ शाक्त परम्परालाई पनि सम्मान गर्ने होइन बौद्ध अवलोकितेश्वरलाई पनि उस्तै सम्मान गर्ने जुन उदार संस्कृतिको आधरशिला यस कालमा राखिएको थियो, त्यसको नमुना यतिबेला पनि काठमाडौँ उपत्यकाको संस्कृतिमा स्पष्ट अनुभूत गर्न सकिन्छ । नेपालीहरूले नयाँ संवत् उठान गराउँदा नेपालीहरू आर्थिकरूपले सबल -त्यतिबेलाको चिनियाँ वृत्तान्तमा नेपालमा कृषकभन्दा व्यापारी बढी छन् भन्ने लेखिएको पाइएको छ), राजनीतिकरूपमा छिमेकका शक्तिशाली साम्राज्यहरूसँग जोरी खोज्न सक्ने

-मौखटी राज्यलाई हर्षवर्द्धनले आ�नो साम्राज्यमा गाभेपछि त्यहाँबाट पलायन भएका गद्दीका हकदार राजपुत्र सुरशेनले नेपालमा आश्रय पाएका थिए) शासक र जनताबीचको विभेद सापेक्षरूपमा कम -सर्वसाधारणले थापेको अभिलेखहरूमा राजाको नाम उल्लेख नभएको पनि प्रशस्त पाइएको छ र राजाले आफूमा देवत्वको दाबी गर्न सकेका छैनन् ।) अतिथिलाई देवता मान्ने, सामूहिक श्रम र सामूहिक सम्पदाको संस्कार यसै कालदेखि नेपालमा सुदृढ भएको हो । सबै नागरिकहरू एक या त्योभन्दा बढी सामूहिक उपक्रम या गोष्ठीसँग सम्बद्ध रहने संस्कृतिको विकास यसै समयदेखि भएको हो ।

आर्यावर्तका आर्यहरूले किराँतहरूलाई वैदिक देवताहरू इन्द्र, अग्नि, अदिती, वरुण आदिको आराधना गर्ने अधिकार नभएका म्लेच्छको रूपमा हेरेको पृष्ठभूमिमा नेपाल खाल्डोको आर्य-अनार्यहरू सबैले समान अस्तित्व पाएको पृष्ठभूमिमा दक्षिणतर्फका आर्यहरूले नेपाललाई प्रत्यन्तको सूचीमा राख्ने अवस्थामा समेत यहाँ समतामूलक संस्कृति विकास भएको तथ्यले नेपाल संवत्को उठानकै समयमा एक आत्मनिर्भर, स्वाभिमानी राष्ट्रिय संस्कृतिको धनी देश बनिसकेको प्रमाणित हुन्छ ।
नेपालको यस किसिमको संस्कृतिको विकास कुनै सत्ता या जातजातिले गरेको नभई सिङ्गो नेपाली जनताले गरेको हुँदा नेपाल देशको स्थापना र विकासमा यहाँका जनताको निणर्ायक भूमिका रहेको र यस नेपाल संवत् पनि सम्मुनत, जागरुक स्वाभिमानी नेपाली जनताले नै गरेको स्पष्ट हुन्छ । जनताबाट निर्मित संस्कृति भएकै कारण नेपाली संस्कृतिले नेपाली जनताको अगाध माया पाएर यत्रो लामो कालखण्डसम्म जीवित रहन सम्भव भएको हो । तत्कालीन नेपाली संस्कृतिमा कुनै पनि राजकीय आदेश जारी हुनु अगाडि संवद्ध जनताको कुशल क्षेत्र सोध्नैपर्ने परम्पराको विकास भएको तथ्यले नेपालको राजनीति, अर्थतन्त्र र परम्पराको विकास जनताले नै गरेको देखिन्छ ।

६३३ वि.सं.को हाराहारीमा नेपालमा सामन्तवादले आ�नो विकासको प्रारम्भिक चरण पार गरिसकेको महसुस हुन्छ । सामन्तवादको सांस्कृतिक मान्यतानुसार संवत् फेराउने अधिकार चक्रवर्ती राजा या दुनियाँलाई ..तुल्याउन सक्षम धनकुवेरलाई मात्र प्राप्त हुन्छ । नेपालमा उठेको यो संवत्को अस्तित्व तत्कालीन राज्यको सीमाभित्र सर्वत्र चलेको नपाइनु, काठमाडौँ उपत्यकाभित्र मात्र घनिभूत रूपमा उपयोग भएको भेटिनुजस्ता पक्षहरूले यसको उठान राज्यस्तरमा भन्दा पनि उपत्यकाका वासिन्दाले जनस्तरमा नै गरेको र व्यापक जनदबाबको कारण राज्य पुरानो शक संवत्को प्रचलन बन्द गरी यसको उपयोग गर्न बाध्य भएको सङ्केत मिल्दछ । एकपटक सं. २९ को उपयोग भइसकेपछि पुनः काठमाडौँको जैशीदेवलमा राजपुत्र विक्रमसेन दूतक भएको अभिलेखमा शकसंवत् -संवत् ५३५) को प्रयोग भए तापनि संवत्, जनदबाबकै कारण त्यसपछि शकसंवत्को प्रयोग देखिन्न ।

नेपालको समन्वयकारी सामाजिक/धार्मिक संस्कृतिको आधाशीला यही संवत्सर उठानको समयमा भएको हो । विभिन्न धार्मिक समुदाय, विभिन्न कुल, गोत्र, वंश जातिहरूबीच सहअस्तित्व, सहजीवन र समन्वयको जुन अनुपम नमुना नेपालमा विकसित भएको छ, महिलाहरूलाई जुन सम्मान नेपाली संस्कृतिमा प्राप्त छ त्यसको सुरुवात यही कालमा भएको हो । संवत् नै फेराउन सक्ने जनताले यस्तो संस्कृतिको प्रवर्द्धन गर्नु कुनै अनौठो कुरा हेाइन ।

नेपालमा यतिबेला प्रचलनमा रहेको दोस्रो नेपाल संवत् पहिलो नेपाल संवत्कै मार्ग चित्रमा उही नयाँ वर्ष

-कार्तिक शुक्ल प्रतिपदा) को दिन ३०४ वर्षपछि उही गणनापद्धतिअन्तर्गर्त उठेको संवत् हो । अज्ञात कारण वश वर्ष ३०४ पछि पुनः वर्ष १ बाट गणना सुरु गरिएको यस नेपाल संवत्ले आजसम्म पनि नेपालीहरूबीच आ�नो अस्तित्व धानेकै छ ।