मानिसलाई बस्न, सुत्न, खान, आरामदायी जीवन जीउनका लागि घर चाहिन्छ जसलाई हामी वास्तु भनिन्छ । वास्तुस्थानमा प्राणीले संरक्षण पाउँछ र आनन्दित रहन्छ ।
सम्पूर्ण जीवात्मा प्राणीहरुले सर्वप्रथम आफना लागि सुहाँउदो हावा, पानी, घाम, उचित मौसम लगायत आवश्यक उर्जास्रोत र सवै प्रकारका शत्रुहरुबाट वच्न सकिने स्थान रोजेर मात्र वासको व्यवस्था मिलाउँछ सुरक्षाका अतिरिक्त सुख र समृद्धिका लागि समेत वासस्थानको महत्वपूर्ण भूमिका रहन्छ ।
सम्पूर्ण जीवात्मा प्राणीहरुले सर्वप्रथम आफना लागि सुहाँउदो हावा, पानी, घाम, उचित मौसम लगायत आवश्यक उर्जास्रोत र सवै प्रकारका शत्रुहरुबाट वच्न सकिने स्थान रोजेर मात्र वासको व्यवस्था मिलाउँछ सुरक्षाका अतिरिक्त सुख र समृद्धिका लागि समेत वासस्थानको महत्वपूर्ण भूमिका रहन्छ ।
आधुनिक युगमा सहर बजारमा जहाँतही जथाभावी घर टहराहरु बनिरहेका छन । यसो गर्नु मानिसका लागि वाध्यात्मक परिस्थिती छ । जतिपनि भवनहरु बनेका छन मानवहितकै लागि भनी बनिरहेका छन । मजवुत र किफायती खर्चमा ठूलाखाले निर्माणका आयोजनाहरु आर्किटेक्टले बनाउनका लागि सहज र सरल उपाय वताउन सक्दछन तर त्यो भवन कति समृद्धिशाली, भाग्यवद्र्धक र हितकारक रहन्छ भन्ने कुराको जानकारी नहुन पनि सक्छ । वास्तुशास्त्रीले नै वास्तवमा त्यो मानव घरलाई समृद्धिशाली, वहुउपयोगी र भाग्यवद्र्धक बनाउने उपाय निकाल्न सक्छन ।
सर्वप्रथम वास्तुका लागि भूमि परीक्षण आवश्यक हुन्छ । उत्तम वास्तुका लागि जमिन वर्गाकार र आयातकार हुनुलाई राम्रो मानिन्छ । विहान उदाउदो घाम लाग्ने घडेरी सर्बोकृष्ठ हुन्छ । विशुद्ध भूमि, बलियो भूबनोट भएको ठाँउ, लाभदायक उर्जाको आवागमन हुने घडेरी चयन गर्नु पर्दछ । पूर्व उत्तर तर्फ खुला भएको राम्रो मानिन्छ ।
मलिलो माटो सेतो, रातो वा पहेलो वर्णको होस । ६ किसिमकै रसले युक्त, मिठो स्वादले युक्त भूमि होस । गाईवस्तुहरु प्रसन्नताका पूर्वक चरुन, क्रिडा गरुन, उत्तम अन्न र मिठो बासनाका फूलहरु सप्रिउन । दक्षिण वा पश्चिम दिर्शातर्फ उचाइ भएको, उत्तर वा पूर्वतर्फ पानीको वहाव हुने, विउ विजन छरेपछि तत्काल उम्रने उर्वर होस, उत्तम वनस्पति वा जडिवुटीले युक्त भुमि, अंकार, खरानी, हडडी जस्ता शल्यले रहित भूमि योग्य हुने कुरा शास्त्रहरले भनेका छन ।
भवन निर्माण गर्दा घरका ढोका तथा झयालहरु कता तर्फ राख्दा राम्रो हुन्छ । भान्सा कोठा कता राख्दा राम्रो हुन्छ । घरको कता तर्फ बैठक कोठा राख्न शुभ हुन्छ । पुजा तथा सुत्ने कोठाहरु कता कसरी राख्ने भन्ने जस्ता विविध कुराहरु मिलाउन अत्यन्त आवश्यक मानिन्छ । जसले यी सवै कुराहरु मिलाउछन उसलाई आनाश्यक किसिमका झै झमेला तथा चोरी लुटपाटका घटनाहरु कम हुने र अशुभ घटनाहरु समेत न्यूनभई राम्रो भइजानेछ । त्यस किसिमले विचार गरी वनाइको भवन नै समृद्धिशाली, वहुउपयोगी र भाग्यवद्र्धक हुनेछ ।
वास्तु परामर्शका लागि यस केन्द्रमा सम्पर्क गर्नुहोस ।
No comments:
Post a Comment