Sunday, 18 November 2012

रुद्राक्ष


मध्य पहाडी झेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल | यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ | यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो | शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ|नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई 'लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल।' भनेर परिभाषित गरिएको छ। रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ। धार्मिक महìवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्य मुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए। यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो। 'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन्। एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ |
धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गेणश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ। यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ। अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ। बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ। लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ। रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ। यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन्।
पश्चिम नेपालको  पर्बत ,कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ। नेपाललगायत भारत, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ। विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन्।
  • एकमुखे रुद्राक्ष :यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ। यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ। विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ। चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा।सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ। लोकश्रुति अनुसार, यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् एउटा बोटमा। जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ । तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठका अनुसार, यस्तो रुद्राक्ष फल्न सम्भव छ। भन्छन्, "धेरै मुखे फल्छ भने एकमुखे पनि फल्न सक्छ।" तर, उनले अफ ैले भने यस्तो रुद्राक्ष देखेका छैनन् |
  • द्विमुखी रुद्राक्ष :सबै प्रकार का कामनाको पूरा गर्ने तथा दांपत्य जीवनमा सुख, शांति व तेज प्रदान गर्ने।
  • त्रिमुखी रुद्राक्ष :ऐश्वर्य प्रदान गर्ने।
  • चतुर्थमुखी रुद्राक्ष :धर्म, अर्थ काम एवं मोक्ष प्रदान गर्ने|
  • पंचमुखी रुद्राक्ष :सुख प्रदान गर्ने|
  • षष्ठमुखी रुद्राक्ष :पापों वाट मुक्ति एवं संतान प्रदान गर्ने|
  • सप्तमुखी रुद्राक्ष :दरिद्रता दूर गर्ने|
  • अष्टमुखी रुद्राक्ष :आयु एवं सकारात्मक ऊर्जा प्रदान गर्ने|
  • नवममुखी रुद्राक्ष :मृत्यु भय बाट मुक्त गर्ने।
  • दसमुखी रुद्राक्ष :शांति एवं सौंदर्य प्रदान गर्ने|
  • एघार  मुखी रुद्राक्ष:विजय दिलाउने, ज्ञान एवं भक्ति प्रदान गर्ने|
  • बाह्र् मुखी रुद्राक्ष :धन प्राप्ति प्रदान गर्ने|
  • तेह्र् मुखी रुद्राक्ष :शुभ व लाभ प्रदान गर्ने|
  • चौध मुखी रुद्राक्ष :संपूर्ण पाप नष्ट गराउने

1 comment:

  1. Kamal ji Kunai pani lekha lai adhyayana ka lagi upayoga garnu ramro hunchha tara srot ullekha garnu asal maninchha, copy paste garnu chori ho euta jyotishi ra dharmaguru nai chorikarma ma saMlagna bhayo bhane hamile samaj lai kata doryauchhau sochnus ta?
    tara copy paste garera srota ullekha garda tyasalai chori vandainan, yo lekha nepali wikipedia bata sankalan garnu bhaeko ma yahan le ukta srot ullekha garna sallaha dinchhu

    ReplyDelete