Wednesday, 21 November 2012

चिना हेराऊँ, अनि मिल्दो रैछ भने गरौं राजनीति (Make Your Political Careers)


अन्य व्यवसाय र क्यारियर झैं नै राजनीतिमा प्रवेश गर्नका निमित्त कुण्डलीमा पनि ज्योतिषीय योग हुनुपर्दछ। राजनीतिमा सफलतम रहेका केही देशभित्र र बाहिरका व्यक्तिहरूको कुण्डलीमा ग्रहको विशिष्ट संयोग देख्न पाइन्छ।

१- आवश्यक भाव : छैठौं, सातौं, दसौं र एघारौं 
सफल राजनेताहरूको कुण्डलीमा राहुको सम्बन्ध छैठौं, सातौं, दशौं र एघारौं घरबाट निर्क्यौल गर्ने गरिन्छ, अनि
कुण्डलीको दशौं घरलाई राजनीतिको घर पनि भन्दछन्, सत्तामा सहभगी हुन दशमेश वा दशम भावमा उच्च ग्रह अवस्थित हुनु पर्दछ। त्यस्तै देवगुरु बृहस्पति नवमभावमा शुभग्रहको प्रभावमा अवस्थित हुनुपर्दछ अथवा दशौं घर वा दशमेशको सम्बन्ध सप्तम घरसित हुँदामात्र व्यक्तिले राजनीतिमा सफलता प्राप्त गर्नसक्छ, अनि छैठौं घरलाई सेवा गर्ने घर पनि भन्दछन्, व्यक्तिमा सेवा भाव हुनुपर्दछ, त्यसैले यस घरसित दशमभाव/दशमस्थ ग्रह /दशमेश आदिको सम्बन्ध अनिवार्य मानिन्छ। सातौं घर दशमभावबाट दशमस्थानमा पर्दछ, त्यसैले यस भावलाई पनि विशेष रुपले विचार गर्नुपर्दछ।
२- आवश्यक ग्रह: राहु, शनि, सूर्य र मङ्गल
राहुलाई सबै ग्रहहरूमध्ये नीति कारक ग्रहको मान्यता दिइएको छ। यस ग्रहको प्रभाव राजनीतिको घरसित हुनुपर्छ। सूर्यलाई पनि राज्य कारक ग्रहको उपाधि प्राप्त छ, सूर्यको दशम घरमा स्वराशि वा उच्च राशिमा उपस्थिति हुनुपर्छ अनि राहुको सम्बन्ध छैठौं, दसौं र एघारौं भावसँग भएमा राजनीतिमा सफलता प्राप्त हुने सम्भावना हुन्छ। यस योगमा दोस्रो घरको मालिक अर्थात् धनेशको स्थिति पनि हेर्नु आवश्यक छ, किनभने वक्तृत्वकलामा निपुण व्यक्तिले मात्र राजनीतिमा सफलता पाउने सम्भावना रहन्छ। त्यस्तै शनि दशम भावमा बसोस् वा दशमेशसित सम्बन्ध बनाउन सक्ने होस् र त्यही दसौं घरमा मङ्गल पनि अवस्थित भए व्यक्तिले समाजका व्यक्तिहरूको हितका निमित्त काम गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्दछ। शनिश्चरलाई जनतको हितैषी ग्रह मानिन्छ भने मङ्गलले व्यक्तिलाई नेतृ्त्वको गुण प्रदान गर्दछ, त्यसैले यी दुईवटा ग्रहको आपसी सम्बन्धद्वारा व्यक्तिलाई राजनेता बन्ने गुण प्राप्त हुन्छ।
३- अमात्यकारक : राहु/ सूर्य 
जातकको कुण्डलीमा राहु अथवा सूर्य अमात्यकारक भएर बस्दा पनि उसले राजनीतिक क्षेत्रमा सफलता पाउने सम्भावना हुन्छ। राहुको प्रभावबाट व्यक्तिलाई नीतिको निर्माण र कार्यान्वयन गर्ने दक्षता प्राप्त हुन्छ, अनि मौकाअनुसारका विविधतायुक्त कुरकानी गर्ने क्षमता पनि राहुले नै प्रदान गर्दछ। त्यस्तै सूर्य अमात्यकारक भएमा जातकले समाजमा उच्च पद प्राप्त गर्दछ। नवै वटा ग्रहमध्ये सूर्यलाई राजा पनि मानिन्छ।
४- नवांश र दशमांश कुण्डली
जन्म कुण्डलीका योगहरूलाई नवांश कुण्डली र दशमांश कुण्डली बनाई यो योगको सही स्थिति पत्ता लगाई मात्र कत्तिको दीर्घकालिक छ भनेर पुष्टि गर्ने गरिन्छ। लग्नकुण्डली र नवमांश र दशमांश कुण्डलीमा समान स्थितिमा ग्रहहरू रहेमा मात्र यसलाई आजीविका, सम्मान र प्रतिष्ठाका रूपमा निर्क्यौल गर्ने सकिने हुन्छ।
५- अन्य योग
(क) नेतृ्त्वका निमित्त मानिस सिंह राशीको हुनु राम्रो मानिन्छ। सूर्य, चन्द्र, बुध र देवगुरु धन भावमा छैठौं भावमा मङ्गल, एघारौं घरमा शनि, बाह्रौं घरमा राहु र छैठौं घरमा केतु भएमा पनि जातक राजनीतिमा पहुँच बनाउन सफल हुन्छ। यह योगले व्यक्तिलाई लामो समयसम्म शासन/शासकको सामीप्य प्राप्त हुन्छ, साथै लोकप्रियता र वैभव प्राप्ति हुन्छ।

(ख) कर्क लग्नको कुण्डलीमा दशमेश मङ्गल दोस्रो भावमा, शनि लग्नमा, छैठौं भावमा राहु तथा लग्नेशको दृष्टिका साथमा सूर्य-बुध पञ्चम वा एघरौं घरमा भए व्यक्तिले नाम, इज्जत आदि कमाउँछ।

(ग) वृ्श्चिक लग्नको कुण्डलीमा लग्नेश बाह्रौं घरमा गुरुद्वारा दृ्ष्ट भै बसेको अवस्थामा शनि लाभ भावमा भए तथा राहु -चन्द्रको युति चौथो घरमा हुँदा र शुक्र स्वराशीको सप्तममा लग्नेशद्वारा दृ्ष्ट भई तथा सूर्य एघारौं घरको मालिकका साथमा शुभ स्थानमा र देवगुरु दशम र दोस्रो घरमा दृ्ष्टि भए पनि व्यक्ति प्रखर तेज नेता बन्न सक्छ।

1 comment:

  1. Kamal ji Kunai pani lekha lai adhyayana ka lagi upayoga garnu ramro hunchha tara srot ullekha garnu asal maninchha, copy paste garnu chori ho euta jyotishi ra dharmaguru nai chorikarma ma saMlagna bhayo bhane hamile samaj lai kata doryauchhau sochnus ta?
    tara copy paste garera srota ullekha garda tyasalai chori vandainan, yo lekha www.jyotishsathi.com bata sankalan garnu bhaeko ma yahan le ukta srot ullekha garna sallaha dinchhu

    ReplyDelete