शिवपुराणका केही अंश कुनै बखत पढेकी एवं श्रवण गरेको थिएँ । शिवपार्वतीसँग सम्बन्धित कथानकहरु पनि केही मात्रामा अध्ययन मनन् र श्रवण गरेको थिएँ । जसमा केही कुरा चिन्तनयोग्य लागेका छन् । पुराणहरु बहुअर्थिक प्रयोजन गरी लेखिएको हुनाले स्वतः एउटै अर्थमा मात्र सीमित नहुने रहेछ । जस्तो शिव र शिवलिङ्गलाई अनादि अजन्मा भनिएको छ । सतिदेवीकै पर्ुनर्जन्म पार्वतीलाई आदिशक्ति, शक्तिरुपमा -विद्याको प्रतीक ब्रहृमा र सरस्वती, वैभवको प्रतिक विष्णु र लक्ष्मी, तथा शक्तिको प्रतिक शिवपार्वती) मानिएको छ । शिवजटाबाट बहने गंगाको अलौकिक कथा पनि रहस्यपर्ूण्ा प्रकृतिसँग गाँसिएको छ ।तपस्वी योगी शिवको सतीदेवीसँग विवाह पश्चात राजा दक्ष प्रजापतिले दिगम्बर योगी महादेवलाई यज्ञ समारोहमा अनादर गरेपछि सतिदेवीको आत्मादाहबाट पीडित शिव योगमा लिन हुनुहुँदा त्यसमार्गमा अनेक बिघ्न र कठिनाई झेल्नु परेको कुरा स्वभाविक छ । शिवाश्रुधारलाई पृथ्वीले रुद्राक्षको रुपमा प्रकट गरिन । गंगाको तपस्याबाट पनि द्रवित नभएका शिव पार्वतीको -शक्ति सतिको पर्ुनर्जन्म) तपस्याबाट प्रभावित भई विवाह गरे । कामदेव पत्नी रतिको श्रापले सन्तानोत्पत्ति गर्न नसक्ने पार्वती र शिवले अमरनाथको गुफामा तापस विधिबाट आत्मज्योति मिलन गर्राई ऊर्जा पिण्ड उत्पन्न गरे । अग्नि देवलाई समेत जलाउन सक्ने ऊर्जापिण्ड गंगामा प्रवाहित गरियो र त्यसपछि पृथ्वीको उदयाचल पर्वतबाट स्खलित गर्राई छ भागमा विभाजित भई छ वटा कमल पुष्पमा छ बालक बनेर जन्मे तिनलाई छ वटा कृतिकाले -षडकृत्तिका तारा समूह) पालनपोषण गरी हर्ुकाए । षणमातुर कुमार कार्तिकेयको रुपमा तारकारसुर राक्षसलाई दमन गर्न उनकोे जन्म भएको थियो । बाल कुमारले मनको एकत्रित ऊर्जा र शिवशक्तिको आशिर्वादबाट तारकासुरसँग युद्ध गर्न सक्ने भए ।
यहाँ चिन्तन गर्न योग्य कुरा के छ भने, शिव योगी हुनाले उनी कैलाशपर्वतमा तप गर्ने रहेछन् । उनको वेशभूषा र्सपको माला लगाउने, विष भाङ्ग धतुरो सेवन गर्ने, चिताको भस्म घस्ने, दिगम्बर अथवा मृगछाला लगाउने, डमरु त्रिशुल मन पराउने शास्त्रीय नृत्य र संगीतका आविष्कारक -ताण्डव नृत्य) संस्कृत भाषाका जन्मदाता -डमरुको चौध ध्वनि) इत्यादि रहस्यमय प्रकृतिका अन्वेषक महादेव रहेछन् । यज्ञमा आत्मदाह गरेकी सति पुनः महादेवको प्रेम तरङ्गका प्रभावले पर्वतराजकी पुत्री पार्वती बनी जन्मेर पुनः शिवप्राप्तिको तपस्यामा लिन भई योगी शिवले पाणिग्रहण गरे । शिवसँगै शक्तिको पूजा गरिन्छ । शिव पार्वती एकाकार भई अर्धनारीश्वर भए ।
भैरवतन्त्रको विद्या दान गर्ने महादेव गुरुबाट श्रापित भएकी पार्वतीले गंगाको मद्दतबाट श्राप पूरा गरी पुनः महादेवबाट भैरव तन्त्र सिकेर भगवती बनी शुम्भ निशुम्भ इच्छानुसार झिकेर टाउको मात्र आफ्ना तपस्वी तीन पुत्रहरुलाई सम्झाउन दूतको हातमा पठाएका थिए । तारकासुरका तीन पुत्रले योग शक्तिबाटै तीनपुरको निर्माण गरे -तारे भीर भन्ने नेपालको मध्य हिमाली पहाडी भेकमा धेरै छन् । दानव राज्यबाट पीडित सबै देवता दधिची ऋषिको आश्रममा गए, गोर्खा र लमजुङ्गको शीरमा -दूधपोखरी वराह पोखरीबाट लमजुङमा दोरदी नदी र गोर्खामा दरौंदी नदी भएर बहन्छ । श्रृंग पर्वत (सिङ्ग लिला पर्वत) मा पार्वतीले भगवती र काली बनेर धुम्रलोचन, शुम्भ निशुम्भ रक्तविज आदिलाई मारिन ।
महषिर् पराशर पुत्र वेदव्यासको जन्म तनहुँ दमौली नजिकै मानिन्छ । त्यहाँ व्यास गुफा समेत छ । त्यस्तै देवताहरुले स्नान गर्ने, भेटघाट गर्ने देवघाट पौराणिक रामायणकालीन चित्रवन -चितवन) पनि सीता रामसँग सम्बन्धित पुरातात्विक महत्वले भरिएझै रुरु तर्ीथ सेती नदी एवं गण्डक क्षेत्रको पनि विशेष महिमा छ । सेती नदीकै खोंचमा हुन सक्छ कुमार कार्तिकेयको जन्म भएको कथाको रहस्य पनि । यसरी शिवभूमि नेपाल पर्वत राज हिमनरेश पुत्री पार्वतीसँग सम्बन्धित अनेक पौराणिक गाथाको पवित्र भूमि नेपाल मध्य पहाडी क्षेत्र कालीकाको थुम्कोहरुले पनि भरिएको छ ।
शिव पार्वतीको प्रेम दाम्पत्य प्रतिकस्वरुप आज पनि नेपालको पहाडी क्षेत्रमा गौरापर्व/हवलो पूजा आदि धार्मिक पर्व गरी विशेषतः वषर्ायामको श्रावण मासमा उत्सव मनाइन्छ । शिव सभ्यता शिवशक्ति रुपमा नेपालमा सदा अविरल अमीट अमर रहोस् ।
No comments:
Post a Comment